Techie IT
२०८२ असार २५, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार १ सय १३ अङ्कले बढ्यो

शेयर बजार १ सय १३ अङ्कले बढ्यो


काठमाडाैँ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन शेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक सय १३ दशमलव ४२ अङ्कले बढेर दुई हजार ६ सय ८१ दशमलव ५६ विन्दुमा पुगेको छ । नेप्से आज ३० महिनायताकै उच्च विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर झन्डै १० प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । १९ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेकोमा धेरैजसो वाणिज्य बैंकका रहेका छन् । समग्रमा बजार बढे पनि आज गणपति लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै साढे नाै प्रतिशतले घटेको छ ।

आज चार करोड तीन लाख कित्ता शेयर १५ अर्ब ८१ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको ३६ करोड १० लाख र एनआईसी एसिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज शेयर बजारमा दुई पटक ‘सर्किट ब्रेक’ लागेर कारोबार बन्द भएको थियो । बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो । २० मिनेटपछि खुलेको बजारमा पुनः एक मिनेटमै थप एक प्रतिशत विन्दु अर्थात् पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

अस्ति शुक्रवार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा लिन पाउने कर्जाको २० करोड रुपैयाँको सीमा हटाएको छ जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT