शेयर बजार ४० अङ्कले बढ्यो
काठमाडौँ। साताको पहिलो दिन आज आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से ४० दशमलव ४८ अङ्कले बढेर एक हजार नौ सय ८० दशमलव ०९ विन्दुमा पुगेको छ।
आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा फाइनान्स, विकास बैंक, लगानी र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ।
आज कारोबार रकम पनि बढेर झन्डै साढे तीन अर्ब रुपैयाँ पुगेको छ। आज दुई सय ७५ वटा कम्पनीका ९५ लाख २८ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा धेरै नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
बजार उकालो लागेको दिन भुगोल इनर्जी र सीटी होटलको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढे पनि आदर्श लघुवित्तसहित छ वटा कम्पनीको शेयर सामान्य घटेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ। आज बुधवार शेयर बजार सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार
काठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको सुदूरबस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा ल्याएपछि अब
काठमाडौँ। गत साताबाट निरन्तर गिरावट आएको सुनको मुल्य आज बुधबार भने बढेको छ। आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले
काठमाडौँ। काठमाडौँ महानगरपालिका–२२ स्थित खिचापोखरीमा हिमालयन बैंक लिमिटेडको नयाँ भवन शिलान्यास भएको छ। बैंककै जग्गामा निर्माण हुन लागेको भवनको शिलान्यास
काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ। केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान
काठमाडौँ। मंगलबार नेप्से परिसूचक १७.५६ अंक घटेर १९५८.७२ विन्दुमा ओर्लिएको छ। सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज घटेको