Techie IT
२०८० जेठ १९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थआईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता

आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता


काठमाडौँ । वैदेशिक रोजगार (स्वरोजगार) मा रहेका नेपाली नागरिकहरुले सामाजिक सुरक्षा कोषमा रकम संकलन गर्ने विषयमा आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको हो । सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै विदेशस्थित आईएमई काउण्टर तथा साझेदारहरु मार्फत वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदान वापतको रकम कोषमा जम्मा गर्न सक्ने छन् ।

विदेशमा रहेका नेपालीहरुलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरी सम्झौता भएको र सम्झौता अनुसार यस्तो व्यवस्था छिटै मिलाइने आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक ज्ञवालीले आईएमईसँगको सम्झौताले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले सहज रुपमा कोषमा सहभागिता जनाउन सकिने विश्वास व्यक्त गरे ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षा योजना अन्र्तगत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात हाल न्यूनतम दुइ हजार दुई रुपैयाँ मासिक रुपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘आइएमई पे’लाई ‘सिसा पिसिआई डिएसएस’ प्रमाणीकरण प्राप्त

काठमाडौँ। आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले हालै ‘सिसा पिसिआई डिएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ। यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै

पोखरा महानगरपालिकालाई सबैभन्दा धेरै बजेट

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ। आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

काबुल, अफगानिस्तान। अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख १३ हजार नाघ्यो

काठमाडौं । पछिल्ला केही दिनहरुमा सुनको भाउ बढ्दो छ । यसैबीच, आज शुक्रबार सुनको मूल्यले नयाँ रेकड बनाएको छ ।

नविल बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ३८ नयाँ शाखा

काठमाडौँ। नविल बैंकले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पुरा भएको अवसरमा बिहीबार काठमाडौँमा एक

खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको…

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्

Techie IT