Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार १४५ अङ्कले घट्यो, कारोबार रकममा भने ऐतिहासिक रेकर्ड

शेयर बजार १४५ अङ्कले घट्यो, कारोबार रकममा भने ऐतिहासिक रेकर्ड


काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक सय ४५ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ६ सय ५१ दशमलव ३२ विन्दुमा झरेको छ । बिहान ११ बजेर १७ मिनेटमा बढेर दुई हजार आठ सय १५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा उच्च अङ्कले ओरालो लाग्यो ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, बैंकिङ, फाइनान्स, जलविद्युत्, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज आठ वटा कम्पनीका शेयरमा नकारात्मक सर्किट लागेको छ । यस्तै १२ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन थ्री स्टार जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

बजार घटे पनि कारोबार रकममा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । आज तीन सय २२ वटा कम्पनीका पाँच करोड ३८ लाख कित्ता शेयर २३ अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम अहिलेसम्मकै धेरै हो । यसअघि साउन १६ गते एकैदिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT