गृहपृष्ठ ∕
अर्थ ∕
शेयर बजारमा २७ अर्ब २४ करोड रुपैयाँकाे ऐतिहासिक कारोबार शेयर बजारमा २७ अर्ब २४ करोड रुपैयाँकाे ऐतिहासिक कारोबार
काठमाडाैँ । शेयर बजारमा आज उच्च कारोबारको अर्काे रेकर्ड बनेको छ । शेयर बजार परिसूचक नेप्से आज ७० अङ्कभन्दा धेरैले बढेर २९ सय विन्दुभन्दा माथि पुग्दा २७ अर्ब रुपैयाँभन्दा धेरैको ऐतिहासिक कारोबार भएको छ । शेयर बजारमा हिजाे भएकाे २५ अर्ब ७७ करोड रुपैयाँको काराेबारकाे रेकर्ड आज नै ताेडिएकाे हाे ।
आज तीन सय ३९ वटा कम्पनीका ६ करोड ४८ लाख कित्ता शेयर २७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ विन्दुमा पुगेको छ । नेप्से साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै नौ वटा कम्पनीका शेयर नौ प्रतिशतले भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन कुथेली बुखारी कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड