Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थसरकारी लगानी विश्वभरि नै कम हुँदै गएको छः अर्थमन्त्री पौडेल

सरकारी लगानी विश्वभरि नै कम हुँदै गएको छः अर्थमन्त्री पौडेल


काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका निम्ति जुटाउनुपर्ने सरकारी लगानी विश्वभरि नै कम हुँदै गएको बताएका छन् ।

मंगरबार अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र यूएनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । राजस्वबाट संकलन हुने रकम सार्वजनिक ऋण तिर्नमा खर्च गर्नुपर्ने बाध्यता बढेको उनले सुनाए । त्यसकारण लगानी गर्ने सरकारी खर्च कम हुँदै गएको उनले उल्लेख गरे ।

उनले नेपालमा जलवायु परिवर्तनको मुद्दा ज्वलन्त बन्दै गएको बताए । अन्तर्राष्ट्रिय फोरममा यस्ता मुद्दालाई स्थान दिइनुपर्नेमा उनले जोड दिए । उनले हाल नेपाल सरकार रोजगारीसहितको विकासका पक्षमा रहेको बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि, साना तथा मझौला उद्योगमा गएको कर्जाले अर्थतन्त्रमा ठूलो योगदान गर्ने बताए । निजी क्षेत्रमा जाने कर्जा बढेको उनको भनाइ छ ।

राष्ट्र बैंकले आर्थिक अवस्थालाई मध्यनजर गरेर समयनुकूल नीति बनाउँदै आएको उनले जानकारी गराए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट

जंगलमा फलेको काफल पाल्पाका स्थानीयको आम्दानीको श्रोत

पाल्पा । पाल्पामा जंगलमा फलेको काफल स्थानीयको आम्दानीको श्रोत बन्न थालेको छ । पहाडी भूगोलको पाखा पखेरा र बारीका कान्लामा

Techie IT