Techie IT
२०८२ साउन १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेप्सेमा सामान्य वृद्धि

नेप्सेमा सामान्य वृद्धि


काठमाडाैँ । शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार नौ सय ७४ दशमलव ४६ विन्दुमा पुगेको छ ।

नेप्सेले आज तीन पटकसम्म तीन हजार विन्दु छोए पनि अन्तिममा टिक्न सकेन । नेप्से आज दिउँसाे १२ बजेर ४६ मिनेटमा तीन हजार १८ विन्दुसम्म पुगेकाे थियाे । नेप्सेले हिजो पनि तीन हजार विन्दु छोएर फर्किएको थियो ।

आज लगानी, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज तारागाउँ रिजेन्सी होटल, नारायणी विकास बैंक, ज्योति विकास बैंक, कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार समान्य बढेको दिन सिद्धार्थ बैंक डिबेन्चर २०८३ को शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय ३३ वटा कम्पनीका चार करोड नौ लाख कित्ता शेयर १९ अर्ब १६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै साइन रेसुङ्गा विकास बैंकको एक अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT