Techie IT
२०८१ असोज २५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थबुद्ध एयरको एक विमानलाइ ‘वाटर स्यालुट’ दिएर गरियो विदाइ

बुद्ध एयरको एक विमानलाइ ‘वाटर स्यालुट’ दिएर गरियो विदाइ


काठमाडौँ । बुद्ध एयरले आन्तरिक गन्तव्यहरूमा उडान भर्दै आएको एउटा विमानलाई विदाई गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि आन्तरिक गन्तव्यहरूमा उडान भरिरहेको एटीआर–४२ विमानलाई बुद्ध एयरले बिदा गरेको हो । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सम्मानस्वरूप पानीको फोहोराले सलामी(वाटर स्यालुट) दिएर उक्त जहाजलाई बिदा गरिएको हो ।

‘वाटर स्यालुट’ जहाजलाई बुद्ध एयरको ह्यांगरमा लगिएको छ । अब यो विमानको दर्ता खारेजी हुनेछ । यसमा प्रयोग भएका काम लाग्ने उपकरण झिकेर खोक्रो ढाँचा नागरिक उड्डयन प्राधिकरणलाई अभ्यासका लागि दिइने छ।

४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको उक्त विमान बुद्ध एयरले सन् २००८ मा भित्र्याएको उसको पहिलो एटीआर विमान थियो । त्यति बेला ३० हजार हाराहारी साइकल विदेशमा उडिसकेको यो विमान खरिद गरेर नेपाल ल्याइएको थियो ।

उडानमा एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ । यो विमानको अझै १७ वटा साइकल बाँकी थियो । ७० हजार उडान साइकल पूरा भएपछि टर्बोप्रप एटीआर विमानको ल्यान्डिङ गियर, इन्जिन, ककपिटमा जडान भएका यन्त्र उपकरणबाहेक फ्युसलाज (विमानको मुख्य शरीर वा ढाँचा) लाई व्यावसायिक उडानमा प्रयोग गर्न नपाइने एटीआरको नियम छ ।
सोमबार १४ वटा आन्तरिक उडान भरेको यो जहाजले मंगलवार बिहान अन्तिम पर्वतीय उडान भरेको थियो ।
बुद्ध नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडान गर्ने वायुसेवा कम्पनी हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

काठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक

आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदै

काठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने

प्रिमियममा आइपीओ जारी गर्दै मेडिकेयर हस्पिटल

काठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्तावसहित कात्तिक १९ गते आकामा

आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार

नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता

चितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग

धौलागिरि पर्वतारोहणमा पाँच रूसी नागरिकको मृत्यु, ३ जनाको उद्धार

काठमाडौँ । धौलागिरि हिमाल पर्वतारोहण गर्ने क्रममा पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको

Techie IT