गृहपृष्ठ ∕ अर्थ ∕ सुनको भाउमा ताेलाकाे १ लाख ६५ हजार ९ सय रुपैयाँ पुग्याेसुनको भाउमा ताेलाकाे १ लाख ६५ हजार ९ सय रुपैयाँ पुग्याे नेपालीपत्र मंगलबार, २०८१ कात्तिक ६ गते, १३:१९ मा प्रकाशित अर्थ काठमाडाैँ । सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि एकैदिन ६ सय रुपैयाँले बढेर सुनको भाउमा कीर्तिमान बनेको थियाे ।दशैँ बिदापछि सुनको भाउ लगातार बढिरहेको छ । दशैँ बिदापछिको पहिलो दिन एक हजार चार सयले बढेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता बढिरहेको हो । सुनको भाउ सात दिनमा पाँच हजार चार सय रुपैयाँले बढेको छ ।मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको दुई हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । #चाँदी #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार असारमा पनि घट्यो बैंकको ब्याजदरकाठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरुपर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँकाठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियोझापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाटधेरै पढिएका खबर १ अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा २ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो ३ ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा ४ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ५ शङ्कर पोखरेल बेलायतमा ६ पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर ७ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधाThe Film Nepal