Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थउद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधाका लागि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधाका लागि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने


काठमाडाैँ । उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।

मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलन यही मङ्सिर २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल इन्टरनेशनल एडीआर सेन्टरको आयोजनामा चार दिनसम्म चल्ने सम्मेलनको नारा ‘विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडीआरको भूमिका’ रहेको संस्थाका महासचिव वरिष्ठ अधिवक्ता मातृका प्रसाद निरौलाले जानकारी दिए ।

नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा जापान, स्वीजरल्याण्ड, अष्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायत झण्डै १६ देशका वक्ताहरुको सहभागिता रहने छ ।

कार्यक्रममा करारसम्बन्धी विवाद, विकास निर्माण र लगानीसम्बन्धी विवाद, संयुक्त राष्ट्रसङ्घका मोडल कानूनसम्बन्धी व्यवस्था र मध्यस्थता एवम् मेलमिलापसम्बन्धमा न्यायपालिकाको भूमिका लगायतका विषयमा छलफल हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट

Techie IT