Techie IT
२०८१ माघ ५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थपेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो


काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो । निगमले डिजेल र मट्टितेलको भाउ भने प्रतिलिटर दुई रूपैयाँले घटाइएको छ । योसँगै काठमाडौं, पोखरा र दीपायल डिपोअन्तर्गतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी सुर्खेत र दाङ डिपोअन्तर्गतका क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल १५९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम शुरुआत गरेको छ । नगरपालिकाको ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय

कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन

सुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको

काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।

५ महिनामा ७ करोड राजस्व सङ्कलन

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा ७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक

सुनको मूल्य तोलमा २ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढे सँगै

होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

काठमाडाैँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रिय

Techie IT