Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थमुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो

मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो


म्याग्दी। मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ। चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको छ। सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि भनेको मूल्य र बजार दुवै पाएको घरपझोङ गाउँपालिका–२ मार्फाका कृषक वुद्धिमान लालचनले बताए।

“असोजमा टिपेर चिस्यानगृहमा राखेको स्याउ जेठसम्म केही भएन”, उनले भने, “याममा प्रतिकिलो एक सय ५० सम्म पर्ने स्याउ बेसिजनमा प्रतिकिलो रु दुई सय ५० सम्म बिक्री भयो”, लालचनले १० मेट्रिक टन क्षमताको चिस्यानगृहमा स्याउ भण्डारण गरेका छन्।

चिस्यानगृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा पनि गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका कृषक विश्व लालचनले बताए । “चिस्यानगृह नहुँदा घरको कोठा, चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्नुपर्दथ्यो”, उनले भने, “त्यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो”, बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए ।

मुस्ताङमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहहरुले करिब तीन सय मेट्रिक टन क्षमताको दशवटा चिस्यानगृह निर्माण गरेका छन्।सबै चिस्यानगृहमा बेमौसममा बेच्नका लागि स्याउ राखिएको छ ।

वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका हुन् । मुस्ताङमा प्रभावकारी भएकाले कोल्ड स्टोरको माग बढी रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोनका प्रमुख भरतराज गौतमले बताए।

मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे, छुक्साङ, चैले आदि गाउँमा स्याउको राम्रो खेती गरिन्छ । यहाँका घरपझोङ र वारागुङमुक्ति स्याउका पकेट क्षेत्र हुन् ।

८२ करोड बराबरको स्याउ मुस्ताङबाट पोखरा, काठमाडौँलगायत बाहिरी जिल्लामा निकासी गरे भने बाँकी रु १० करोड मूल्य बराबरको स्याउ मुस्ताङ भ्रमणमा आएका पर्यटकले किनेर लगेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

वरिष्ठ कृषि प्रसार अधिकृत राजेश गुरुङले यस वर्ष छ सय हेक्टर उत्पादनशील क्षेत्रमा लगाइएका स्याउका बोटमा सात हजार तीन सय २९ मेट्रिक टन स्याउ उत्पादन भएको बताए । गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशत स्याउ उत्पादन वृद्धि भएको छ । उच्च घनत्वको स्याउको बारीमै प्रतिकेजी रु दुई सय र अन्य स्याउ बारीमा प्रतिकेजी एक सय ६० मा बिक्री भएको हो ।

छिटो पाक्ने उच्च घनत्वमा आधारित ९हाइडेन्सिटी रहेको हाइब्रिड० जातको स्याउ खेती विस्तार भएको, रोगव्याधि व्यवस्थापन भएको र अनुकूल मौसमका कारण यस वर्ष स्याउ उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्र्रमुख गुरुङले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

Techie IT