‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम हुँदै
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा पर्यापर्यटनको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम भोलिदेखि शुरू हुने भएको छ ।
भोलि लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रमको उद्घाटन हुने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज रहेको नगरभित्रको पर्यापर्यटनको सम्वर्द्धन, प्रवर्द्धन तथा विकास गर्नुका साथै बर्दिया जिल्लाकै पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाऔँ बर्दिया कार्यक्रम आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर तीलकराम लम्सालले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले धेरैजसाे क्षेत्र ओगटेको ठाकुरबाबा नगरपालिकाले पछिल्लो समय विकास र पूर्वाधारको हिसाबले बिस्तारै गति लिन थालेको छ । तर पर्यापर्यटनको क्षेत्रमा प्रचुर सम्भावना भएर पनि राष्ट्रिय नीति र बजेट विनियोजनका हिसाबले यो क्षेत्रले स्थान पाउन नसकेको गुनासो नगरवासीको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन
काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा