Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थनवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै


नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती शुरु गरिएको हो ।

जिल्लाका चार वटा पालिकाको २५ वटा किसान समूहले प्याजका नर्सरी तयार गरेका छन् । कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट र बुलिङटार गाउँपालिकाका २० बिघामा प्याजखेती गर्ने योजनासहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासीपूर्वले काम शुरु गरेको हो ।

सबैभन्दा बढी उत्पादन गर्ने किसानलाई नगद रु २० हजार राशिको पुरस्कार वितरण गरिने छ । दोस्रोलाई रु १५ हजार, तेस्रो हुनेलाई रु १० हजार र चौथो हुनेलाई रु पाँच हजार नगद पुरस्कारसमेत प्रदान गरिने छ । क्षेत्रफलको आधारमा नभई उत्पादनको आधारमा उक्त पुरस्कार प्रदान गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए ।

दिनानुदिन प्याजको प्रयोग बढ्दो तर नेपालमा प्याज उत्पादन नगण्य हुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई केही हदसम्म भए पनि घटाउने उद्देश्यले प्याज प्रवर्द्धन कार्यक्रम अगाडि बढाएको हो । प्याज खेतीका लागि अहिले सामूहिक नर्सरी निर्माण गरिएको छ । नर्सरीमा नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजका बिरुवा हुर्किरहेका छन् ।

प्याजका लागि नवलपुर जिल्लाको हावापानी र माटो उपयुक्त भएकाले उत्पादन धेरै हुने वरिष्ठ कृषि अधिकृत सिंहले बताए । कार्यालयले किसानको आवश्यकताअनुसार ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिने तथा बीउ निःशुल्क उपलब्ध गराइएको जनाएको छ । साथै कार्यालयले प्याजखेती प्रवर्द्धन कार्यक्रमका लागि रु १७ लाख बजेट विनियोजन गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

Techie IT