गृहपृष्ठ ∕
अर्थ ∕
संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरू कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने कार्य कुनै पनि हालतमा क्षम्य नहुने बताएका हुन् ।
मन्त्री लेखकले ठूलो सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्नेमा जोड दिए । नेपालमा सात दशकको अवधिमा सात वटा संविधान बनेका भन्दै उनले वर्तमान संविधान लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको बताए ।
संविधानभित्र रहेर आलोचना तथा अन्य रचनात्मक गतिविधि गर्न पाइने तर संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न नपाइने उनको भनाइ छ । राज्यले प्रदान गर्ने सेवालाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा गृहमन्त्री लेखकको जोड छ ।
सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशअन्तर्गतका सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीको उपस्थिति छ । मन्त्री लेखकले आजै सङ्घ मातहत रहेको आपत्कालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरणसमेत गरे । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गोदामघर हस्तान्तरणसँगै विपद् उद्धार कार्यलाई एकद्वार प्रणालीमार्फत गर्न सहयोग पुग्ने बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार
म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा
काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा
काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न
काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार
काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर