Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थधान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब


काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

स्वदेशमै उत्पादन गर्न सक्ने पर्याप्त सम्भावना भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा धान चामलका लागि ठूलो रकम बाहिरिएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब १८ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको छ ।

अघिल्लो वर्ष २२ अर्ब २२ करोड रुपैयाँको धान चामल आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा झन्डै दोब्बर परिमाणले आयात बढेको छ । गत आर्थिक वर्षमा भारतले चामल निर्यातमा खुकुलो गरेकाले पनि आयात बढी भएको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै २१ अर्ब ५२ करोड २७ लाख ८४ हजार रुपैयाँ बराबरको ५३ करोड ३७ लाख १५ हजार २५९ केजी धान आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा १२ अर्ब ९४ करोड १० लाख ८८ हजार बराबरको ३२ करोड ११ लाख १९ हजार ३१३ केजी धान आयात भएको थियो ।

यस्तै, गत आर्थिक वर्षमा १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार बराबरको २४ करोड १५ लाख ५३ हजार ३२५ केजी चामल आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँ बराबरको आठ करोड ८७ लाख २३ हजार ५०६ केजी चामल आयात भएको थियो । मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको आवश्यक पर्ने गर्छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने गरेको तथ्याङ्कले देखाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

Techie IT