रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ ।
जिल्ला सुरक्षा समितिले बिहिबार निर्णय नै गरेर यस्ता अत्यावश्यक सामाग्री भित्र्याउने भनेकोले भन्सारबाट ग्यास, डिजेल, पेट्रोल, औषधी, हरियो तरकारी लगायतका समान भित्रिएका छन् । भैरहवा भन्सार कार्यालयलाई आंशिक रुपमा सञ्चालन भएको कार्यालयले जनाएको छ ।
अहिले भन्सारबाट ग्यास बोकेका बुलेट र फलफुल, तरकारी, खाद्यन्न बोकेका गाडी भित्रिरहेका छन् । प्रशासनले पनि ढुक्क भएर व्यपार व्वसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
नयाँ अन्तरिक सरकार गठन भएसँगै रुपन्देहीको जनजीवनपनि विस्तारै लयमा फर्कन लागेको प्रशासनले जनाएको छ ।