Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थनीति तथा कार्यक्रम पुनर्लेखन नै गर्नुपर्ने अवस्थाको छैनः डीपी अर्याल

नीति तथा कार्यक्रम पुनर्लेखन नै गर्नुपर्ने अवस्थाको छैनः डीपी अर्याल


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डीपी) अर्याल ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुनर्लेखन नै गर्नुपर्ने अवस्थाको नभएको बताएका छन्।

प्रतिनिधिसभामा छलफलको क्रममा नीति तथा कार्यक्रम कामै नलाग्ने, खारेजै गर्नुपर्छ भन्नु उपयुक्त नहुने बताए। तर, उनले छलफलमा सहभागी सांसदहरूको उपस्थितिलाई हेरेर संसदमा बोल्नु रेकर्डको लागि मात्रै भएजस्तो भइरहेको टिप्पणी गरे।

उनले भने, ‘नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न उपस्थित भएको छु। तर, सदनको खाली कुर्सी हेर्दा आफू पनि रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरेको जस्तो लाग्छ। घरमै बसेर ऐनमा हेरेर पेन्ड्राइभमा रेकर्ड गरेर सचिवालयमा बुझाइदिए हुने हो कि भन्नेजस्तो लाग्छ। २७५ जनाबीच हुने र सुन्ने र सुनाउने नीति तथा कार्यक्रमको छलफल रेकर्डको लागि मात्रै बोलिरहेको जस्तो लाग्छ।’

उनले छलफलमा सबै सांसदको उपस्थिति हुने वातावरण बनाउन सभामुखसमक्ष माग गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT