Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थलगातार पाँचौँ दिन शेयर बजारमा वृद्धि

लगातार पाँचौँ दिन शेयर बजारमा वृद्धि


काठमाडौँ। लगातार पाँचौँ दिन आज सोमबार पनि शेयर बजार बढेको छ। शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ बिन्दुमा पुगेको छ।

बैंक र व्यापार समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर उकालो लागेको छ। बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ। हिजो एक अर्ब ६० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज २ सय ७२ वटा कम्पनीका ३४ लाख ९५ हजार कित्ता शेयर एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन्।

आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत र युनिलिभर नेपालको शेयर सात प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे सात प्रतिशतले घटेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT