Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थराष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्

राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्


काठमाडौँ । त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ । विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय लाइनमा समावेश गर्ने भएको हो ।

बाबियाचौरमा विद्युत्को राष्ट्रिय प्रशारण लाइन पुगेसँगै उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक प्रक्रिया थालिएको आयोजनाका व्यवस्थापक पदमबहादुर बुढाले जानकारी दिए ।

यहाँका अन्य स्थानीय जलविद्युत् आयोजना भने बन्द भएका छन् । तीन स्थानबाट विद्युत् उत्पादन गरेर बाबियाचौर र आसपासका क्षेत्रमा विद्युत् सेवा दिइरहेका साना जलविद्युत् बन्द गरिएको उहाँले बताए । बीस किलोवाट माथिका आयोजना राष्ट्रिय प्रशारणमा जोड्न सकिने सङ्केत विद्युत् प्राधिकरणले दिएपछि आवश्यक संरचना थप्ने गरी त्रिपक्षीय सम्झौता गरिएको छ ।

विसं २०६५ मा बाबियाचौर लघुजलविद्युत सहकारीमार्फत खमारी खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादनको काम थालेको थियो । सोही खोलाबाट थप दुई वटा आयोजना पनि निर्माण गरिएकामा विद्युत् उत्पादन कम भएपछि बन्द गर्ने तयारी गरिएको ती आयोजनाले जनाएका छन् ।
“तत्काल विद्युत्को राष्ट्रिय लाइन बाबियाचौर बजारको उत्तर र पूर्वतर्फका गाउँमा विस्तार नहुँदा केही समयसम्म सञ्चालन रहन्छन्,” व्यवस्थापक बुढाले भने, “५३ किलोवाटको आयोजनालाई नेट मिटरिङमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक पूर्वाधार निर्माणका लागि सम्झौता गरेर बोलपत्र गरिसकेका छौँ ।”

राष्ट्रिय लाइनमा जोड्न नेपाल विद्युत् प्राधिकरणका कर्णाली प्रदेश प्रमुख शम्भु कुसियत यादव, उक्त आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाही र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएकोे छ । यसका लागि आवश्यक सबै पूर्वाधार निर्माणको खर्च भने आयोजना र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले व्यहार्ने उल्लेख छ ।

लागत खर्चमा आयोजनाको २२दशमलव ३५ प्रतिशत र केन्द्रको ७७दशमलव ६५ प्रतिशत ९ आयोजनाले रु १४ लाख र केन्द्रले ४८ लाख ६२ हजार ९३१० व्यहोर्ने आयोजनाका व्यवस्थापक बुढाले बताए ।

राष्ट्रिय लाइनमा स्थानीयस्तरमा उत्पादित विद्युत् जडान गर्न २० किलोवाटभन्दा माथि उत्पादन क्षमता हुनुपर्ने भएकामा उक्त आयोजनाको पूर्णकालीन क्षमता ५३ किलोवाट भए पनि सुख्खा मौसममा ३५ देखि ४० र वर्षायाममा ५० किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।

“राष्ट्रिय प्रशारण लाइनका लागि हाम्रो क्षमता पुगेको छ । तर केही संरचना थप्नुपर्ने देखिएको छ,” आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले भने । उनका अनुसार केही महिनामा नेट मिटरिङ सिस्टमका लागि आवश्यक पूर्वाधार निर्माण गरेर प्राधिकरणलाई विद्युत् बिक्री गर्ने गरी काम थालिने छ । आयोजनाले विद्युत् बिक्री गरेपछि खपतका आधारमा प्राधिकरणले शुल्क दिनेछ ।

करिब चार सय घरधुरीमा करिब ११ वर्षसम्म बाबियाचौर क्षेत्रका उज्यालो दिएको चौर खोला लघु जलविद्युत् आयोजना बन्द गरिएको छ । चौबिस किलोवाट क्षमताको उक्त जलविद्युतपछि बाबियौचारमा थप तीन वटा जलविद्युत् सञ्चालनमा ल्याइएका थिए । खमारी खोला लघुजलविद्युत ९क० बाट ५३ किलोवाट, (ख)बाट १५ किलोवाट र (ग) बाट १० किलोवाट विद्युत् उत्पादन गरिँदै आएको हो । तीन वटै आयोजनाबाट हाल करिब एक हजार तीन सय ८२ घरधुरी लाभान्वित छन् ।

यी आयोजनाबाट पञ्चपुरी नगरपालिकाको चनाली, भावर, बरैचे, डाव, सिद्धपुर, चत्तुरे, चनाली, लाटीकाँडा, सालकोटलगायतमा विद्युत उपलब्ध गराइएको छ । ‘वषौँंसम्म पश्चिमका नागरिक विद्युत्को राष्ट्रिय पहुँच बाहिर थिए । “स्थानीय स्रोत साधनको उपयोगबाट जनतालाई सेवा गर्ने मौका पायौंँ,” उक्त आयोजनाका अध्यक्ष शाहीले भने ।

“स्थानीय उत्पादनले ठूलो कलकरखाना प्रर्याप्त चलाउन सकस थियो । टुकीको सहारामा दैनिक गुजार्न बाध्य यहाँका बासिन्दालाई सकेसम्म उज्यालो बनाउने कोसिस गरेका थियौंँ । ढिलै भए पनि राष्ट्रिय प्रशारण लाइन जोडिएको छ, यसले केही थप आशा र उत्साह थपिदिएको छ,” उनले जोड दिए ।

हाल प्राधिकरणले खमारी खोला र चौर खोला आयोजनाबाट विद्युत् प्रवाह भइरहेका पोल र तारबाट बाबियाचौर आसपासमा विद्युत् लाइन सञ्चालन गरेको छ । सुर्खेत पश्चिमकै विद्यापुर र लगाममा साना लघुजलविद्युत् र गुटुमा सोलार प्यानलबाट विद्युत्को पहुँच पु¥याइएको छ । लगामको तालागाउँमा २२ किलोवाट विद्युत् उत्पादनका लागि सर्भेक्षण भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

Techie IT