Techie IT
२०८० फागुन १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार तीन महिनायताकै उच्च विन्दुमा

शेयर बजार तीन महिनायताकै उच्च विन्दुमा


काठमाडौँ। शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ। आज आइतवार शेयर बजार परिसूचक नेप्से ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ विन्दुमा पुगेको छ।

आज नेप्से गएको फागुन १० गतेयताकै उच्च विन्दुमा पुगेको हो। फागुन १० गते नेप्से २१ सय २१ विन्दुमा थियो। आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ।

आज कारोबार रकम पनि झन्डै पाँच महिनायताकै उच्च भएको छ। आज दुई सय ७५ वटा कम्पनीका एक करोड ४७ लाख कित्ता शेयर छ अर्ब ४९ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन्। गएको पुसको २६ गतेपछि छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थिएन। आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ४९ करोड ९० लाख र सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो।

आज सबैभन्दा धेरै लाइफ इन्सुरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्सुरेन्स, साम्लिङ पावर कम्पनी, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल, शिवम् सिमेन्ट र एनएमबी ५० म्युचुअल फन्डको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार हरियाली भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बैंकका कर्मचारी पक्राउ प्रति बैंकर्स संघमा छलफल, रिहा नगरे पेन…

काठमाडौँ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको पूर्वसीईओ तुलसी गौतम, प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओसहित १० जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले

फोने पेले ल्यायो ‘सक्षम नारी’ अभियान, हजार रुपैयाँदेखि हिराको सेट…

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क ‘फोने पे’ले महिला वित्तीय समावेशीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्न ‘सक्षम नारी’ अभियान ल्याएको

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । उनी सेञ्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोपमा

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ । आज सोमबार नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । नेप्से १३.२८ अंकले बढेको सेयर बजार १ हजार

नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम

काठमाडौँ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो

इसेवाले ल्यायो इसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक…

काठमाडाैँ । भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि दुर्घटना तथा बिरामी

Techie IT