Techie IT
२०८१ असार ५, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थनीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित


काठमाडौँ। आगामी वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ। सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका छन्।

आइतबारदेखि सुरु भएको छलफलमा मंगलबार सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखेका थिए। जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको हो।

‘सम्माननीय राष्ट्रपतिबाट २०८० जेठ ५ गते शुक्रबारका दिन संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दछु,’ राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले संसद्‌मा भने, ‘यो प्रस्तावको पक्षमा हुने सदस्यहरुले हुन्छ भन्नुहोला, विपक्षमा रहेका सदस्यहरुले हुन्न भन्नुहोला।’ यसरी राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

‘हुन्छ भन्ने माननीय सदस्यहरुको बहुमत भएकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु।’

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बुधबार सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्

आज सुनको मूल्य स्थिर

काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १

विश्व बैंकको आईडीए बैठक आजदेखि काठमाडौँमा

काठमाडौँ । विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को तेस्रो बैठक आजदेखि काठमाडौँमा शुरु हुँदैछ । विश्व बैंक

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलामा १ हजार ६०० रुपैयाँले बढेको सुनको भाउ आज

Techie IT