Techie IT
२०८१ वैशाख २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थप्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित


काठमाडौँ। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधिसभाबाट बहुमत पारित भएको छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो। मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले बजेटको पक्षमा मतदान गरे। त्यस्तै, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टीले भने विपक्षमा मतादान गरेका छन्।

सभामुखले ध्वनी मतको आधारमा बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन लागेपछि एमालेले मत विभाजनको आधारमा प्रक्रिया अघि बढाउन सभामुखसग माग गरेको थियो। सोही अनुसार सभामुखले मतबिभाजन प्रकृया अघि बढाएको हो।

सरकारले गत जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब, ५१ अर्ब ३१ करोडको बजेट संसदमा प्रस्तुत गरेको थियो।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउछौँः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताएका छन् । नेपाल

सुनको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ

‘भेप’ लाई प्रतिबन्ध लगाउने सरकारकाे तयारी

काठमाडौँ । सरकारले विद्युतीय चुरोट अर्थात् ‘भेप’ लाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मंगलबारकै मूल्यमा कारोबार

Techie IT