Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थइसेवा मार्फत लाइफ इन्स्योरेन्स् नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने

इसेवा मार्फत लाइफ इन्स्योरेन्स् नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने


काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत लाइफ इन्स्योरेन्सको नविकरण गर्दा रू ५० हजार जित्न सकिने भएको छ।

आफ्ना प्रयोगकर्तालाई अनलाइन मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले इसेवाले यस किसिमको अफर सार्बजनिक गरेको हो। यस अफरमा बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले रु १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै योजनाको अन्त्यमा भाग्यशाली एक जना विजेताले रू ५० हजार जित्न सक्नेछन्।

यो योजना असार २५ गतेसम्म सञ्चालन हुनेछ। दैनिक क्यासब्याक बिजेताको घोषणा हरेक हप्त्ताको अन्त्यमा इसेवाको फेशबुक पेज तथा ब्लग मार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा इसेवाको फेशबुक पेज मार्फत प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ। यस योजनामा सहभागी हुन इसेवा प्रयोगकर्ता केवाइसी भेरिफाइड भएको हुनुपर्नेछ। यस योजनामा कुनैपनि जीवन बीमा कम्पनीको इसेवा मार्फत नविकरण गर्न सकिनेछ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT