Techie IT
२०८० मंसीर २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थबजेट खर्चको स्थिति प्रदेशमा झन् खराब !

बजेट खर्चको स्थिति प्रदेशमा झन् खराब !


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९र८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब छ अर्बमध्ये जेठ मसान्तसम्म रू एक खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको देखिन्छ । जुन कुल वार्षिक विनियोजन बजेटको ४९ दशमलव ४५ प्रतिशत हो ।

महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको प्रदेशहरुको बजेट खर्चसम्बन्धी तथ्याङ्कअनुसार ११ महिनामा सबैभन्दा धेरै कोशी प्रदेशले ६१ दशमलव ४१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशले ३६ दशमलव २५ प्रतिशत बजेट खर्च गरेका छन् ।

सो अवधिमा बागमती प्रदेशले ५० दशमलव ६२ प्रतिशत, गण्डकी प्रदेशले ४८ दशमलव १९ प्रतिशत, लुम्बिनी प्रदेशले ५५ दशमलव ५४ प्रतिशत, कर्णाली प्रदेशले ४५ दशमलव ६० प्रतिशत र सुदूरपश्चिम प्रदेशले ४८ दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । सो अवधिमा चालुतर्फको औसत खर्च ५५ दशमलव ६८ प्रतिशत र पुँजीगततर्फको औसत खर्च ४६ दशमलव ११ प्रतिशत छ ।

कोशी प्रदेश

कोशी प्रदेशले चालु आर्थिक वर्षका लागि कुल रू ३९ अर्ब ९१ करोडको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू २४ अर्ब ५१ करोड बराबर खर्च भएको छ । प्रदेशले चालुतर्फ ७० प्रतिशत र पुँजीगततर्फ ५५ प्रतिशत खर्च गरेको छ । चालु आवका चालुतर्फ रू १६ अर्ब ६२ करोड र पुँजीगततर्फ रू २३ अर्ब २९ करोड छुट्याइएमा जेठ मसान्तसम्ममा कोशी प्रदेशले चालुतर्फ रू ११ अर्ब ६५ करोड र पुँजीगततर्फ रू १२ अर्ब ८६ करोड खर्च भएको छ ।

मधेश प्रदेश

अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कम छ । चालु आर्थिक वर्षका लागि कुल रू ४६ अर्ब ९८ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू १७ अर्ब तीन करोड खर्च भएको छ । जुन वार्षिक विनियोजनको ३६ दशमलव २५ प्रतिशत बराबर हो । मधेश प्रदेशले ११ महिनामा चालु शीर्षकमा ३३ प्रतिशत र पुँजीगत शीर्षकमा ३८ दशमलव ३४ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ रू २० अर्ब ८० करोड बजेट रहेकोमा रू ६ अर्ब ९९ करोड ६७ लाख मात्रै खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रू २६ अर्ब १८ करोड बजेट रहेकोमा विनियोजनको ३८ प्रतिशत अर्थात् रू १० अर्ब चार करोड खर्च भएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशले चालु आर्थिक वर्षका लागि रू ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएकोमा जेठ मसान्तसमममा ५० दशमलव ६२ प्रतिशत अर्थात् रू ३५ अर्ब ९१ करोड बजेट खर्च गरेको छ । यस अवधिसम्ममा बागमती प्रदेशको बजेट खर्च चालु शीर्षकमा ६१ दशमलव ६१, पुँजीगत शीर्षकमा ४६ प्रतिशत र वित्तीय व्यवस्थापन शीर्षकमा ३० प्रतिशत बराबर छ । चालु शीर्षकमा रू २६ अर्ब ८४ करोड बराबर बजेट रहेकोमा रू १६ अर्ब ५३ करोड, पुँजीगत शीर्षकमा रू ४२ अर्ब नौ करोड बजेट छुट्याइएकोमा रू १९ अर्ब ३७ करोड र वित्तीय व्यवस्थापन शीर्षकमा रू दुई अर्ब बजेट छुट्याइएकोमा रू ६० करोड खर्च भएको छ ।

गण्डकी प्रदेश

जेठ मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च ४८ प्रतिशत बराबर छ । यो प्रदेशले चालु आर्थिक वर्षका लागि रू ३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट ल्याएकोमा गत जेठ मसान्तसम्ममा रू १७ अर्ब ३० करोड बराबर खर्च गरेको हो । यो प्रदेशले हालसम्म चाल शीर्षकमा ५४ र पुँजीगत शीर्षकमा ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ । चालु शीर्षकमा रू १२ अर्ब ८० करोड ९३ लाख बराबरको बजेट ल्याइएकोमा जेठ मसान्तसम्ममा रू ६ अर्ब ९५ करोड र पुँजीगत शीर्षकमा रू २२ अर्ब ५९ लाख बजेट छुट्याइएकोमा रू १० अर्ब ३५ करोड बराबर बजेट खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू ५० करोड बजेट छुट्याएको यो प्रदेशको उक्त शीर्षकको खर्च भने शून्य छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको बजेट खर्च चालु आवको जेठ मसान्तसम्म रु २३ अर्ब ७३ करोड बराबर छ । जुन चालु आर्थिक वर्षका लागि यो प्रदेशले छुट्याएको कुल विनियोजनको ५५ दशमलव ५४ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले कुल रू ४२ अर्ब ७३ करोड बराबरको बजेट ल्याएको थियो । चालु शीर्षकमा रू १७ अर्ब ९४ करोडको बजेट ल्याइएकोमा ६१ दशमलव २० प्रतिशत अर्थात् रू १० अर्ब ९८ करोड र पुँजीगत शीर्षकमा रू २४ अर्ब ७९ करोडको बजेट ल्याइएकोमा ५१ दशमलव ४५ प्रतिशत अर्थात् रू १२ अर्ब ७५ करोड बराबर खर्च भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशले चालु आवको जेठ मसान्तसम्म ४५ दशमलव ६० प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि कुल रू ३२ अर्ब ७४ करोड बराबरको बजेट ल्याएको कर्णाली प्रदेशले यो अवधिसम्ममा रू १४ अर्ब ९३ करोड बराबर बजेट खर्च गरेको देखिन्छ । चालु शीर्षकमा ५३ दशमलव ६४ प्रतिशत र पुँजीगत शीर्षकमा ४० दशमलव २५ प्रतिशत बजेट खर्च भएको देखिन्छ । कर्णाली प्रदेशले चालु शीर्षकमा चालु आवका लागि रू १३ अर्ब आठ करोड बराबर विनियोजन गरेकोमा रू सात अर्ब एक करोड र पुँजीगत शीर्षकमा रू १९ अर्ब ६६ करोड विनियोजन गरेकोमा रू सात अर्ब ९१ करोड बराबर खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेश


सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षका लागि रू ३६ अर्ब ७९ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा ४८ दशमलव ५४ प्रतिशत अर्थात् रू १७ अर्ब ८६ करोड बराबर खर्च गरेको छ ।

प्रदेशले चालु शीर्षकमा रू १२ अर्ब २५ करोड विनियोजन गरेकोमा ५५ दशमलव ३२ प्रतिशत अर्थात् रू छ अर्ब ७८ करोड खर्च गरेको छ । पुँजीगत शीर्षकमा रू २४ अर्ब २३ करोड विनियोजन भएकोमा ४५ दशमलव ७१ प्रतिशत अर्थात् रू ११ अर्ब सात करोड बराबर खर्च गरेको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू ३० करोड बजेट छुट्याएको सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको ११ महिना अवधिसम्ममा उक्त रकम खर्च गर्न सकेको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिटिजन्स बैंकको १९०औं शाखा ललितपुरको इमाडोलमा

काठमाडौँ। सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ। यससँगै काठमाडौँ उपत्यकाभित्र यस बैंकको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ। आज मङ्गलवार पनि शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १० अङ्कले घटेर १ हजार

सुनको मूल्य आज दुई हजार चार सय रूपैयाँले घट्यो

काठमाडौँ। मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार तोलामा आठ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम

गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग

काठमाडौँ। भैरहवास्थित गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ। नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा)

एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी छैनः अर्थमन्त्री

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै

आज पनि घट्यो शेयर बजार

काठमाडौँ। शेयर बजार आज सोमवार पनि घटेको छ। हिजो आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव

Techie IT