Techie IT
२०८१ जेठ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार साढे ४ अङ्कले घट्यो

शेयर बजार साढे ४ अङ्कले घट्यो


काठमाडौँ। शेयर बजार आज मङ्गलवार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७३ अङ्कले घटेर दुई हजार ७२ दशमलव २४ विन्दुमा झरेको छ।

सबैभन्दा धेरै सिङ्गटी हाइड्रोको शेयर छ प्रतिशत तथा श्वेतगंगा हाइड्रोपावर कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर, रावा इनर्जी र एनआईबीएल समृद्धि फन्डको शेयर १० प्रतिशतले बढेको छ।

आज दुई सय ८३ वटा कम्पनीका ७९ लाख ८८ हजार कित्ता शेयर कारोबार भएका छन्। हिजो सोमवार तीन अर्ब ७९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई अर्ब ८५ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ। सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको १२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कुमारी बैंकबाट विनाधितो २ लाख रुपैयाँसम्म ‘फोन लोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मको

आयात २.३९ प्रतिशतले घट्याे

काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा नेपालको बस्तु आयात २.३९ प्रतिशतले घटेको छ । भन्सार बिभागले आज

नेसनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी र मधेश प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मान गरेको छ । इटहरीस्थित

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ६९

नवलपुर उद्योग वाणिज्य संघमा सापकोटा निर्वाचित

नवलपुर (नवलपरासी) । उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको

Techie IT