गृहपृष्ठ ∕ अर्थ ∕ राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारितराष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित नेपालीपत्र शुक्रबार, २०८० असार २९ गते, १३:४० मा प्रकाशित अर्थ काठमाडौँ। राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ।अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाएका थिए। सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाई पूँजी सिर्जना गरिनुपर्ने सुझाव उनीहरुले दिएका थिए। उक्त बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो।राष्ट्रियसभाको अर्को बैठक २०८० साल साउन १ गते सोमबार दिउँसो १ बजे बस्नेछ। #राष्ट्रिय सभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ताम्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा धान चामल खरिदका लागि बाहिरियो ४० अर्बकाठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्योकाठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफरधेरै पढिएका खबर १ ज्यान मार्ने धम्की दिँदै पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ २ पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए ३ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजारभन्दा बढी ६ ब्राजिलमा चक्रवाती आँधीकाे कहर, हालसम्म ११ जनाको मृत्यु, २० जना बेपत्ता ७ लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणाThe Film Nepal