Techie IT
२०८१ जेठ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थराष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित


काठमाडौँ। राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाएका थिए। सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाई पूँजी सिर्जना गरिनुपर्ने सुझाव उनीहरुले दिएका थिए। उक्त बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो।

राष्ट्रियसभाको अर्को बैठक २०८० साल साउन १ गते सोमबार दिउँसो १ बजे बस्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महिला सशक्तीकरणका लागि लक्ष्मी सन्‌राईज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सन्‌राईज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत

नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थप

काठमाडौँ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थप गरिएको छ । बुधबार बसेको

शेयर बजारमा झिनो अङ्कको वृद्धि

काठमाडौँ । आज बिहीबार शेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ७९

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज हालसम्मकै उच्च भएको

निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश सपुत नियुक्त

काठमाडौँ । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सपुतसँगको सहकार्यले नेपालमा

पेट्रोलको मूल्य प्रति लिटर ७ रुपैयाँ घटेर कारोबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा

Techie IT