Techie IT
२०८२ जेठ ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थबैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन


बैतडी। जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा रु ८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ। जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर रु ८७ करोड २३ लाख १४ हजार बजेट खर्च हुुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताए।

यहाँका सबै स्थानीय तहमा चालू आर्थिक वर्षका लागि रु पाँच अर्ब ६९ करोड १६ लाख ८१ हजार बजेट आएको थियो। सबैभन्दा बढी मेलौली नगरपालिकाबाट चालू र पुँजीगत दुवै गरेर रु १३ करोड ३२ लाख २६ हजार बजेट खर्च गर्न हुन सकेन। उक्त नगरपालिकाबाट रु ६० करोड ४० लाख ७८ हजारमध्ये रु ४७ करोड आठ लाख ५२ हजार बजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

सिगास गाउँपालिकाबाट रु ५० करोड २० लाख ९३ हजार बजेटमध्ये रु आठ करोड ७१ लाख छ हजार खर्च हुन नसकेको उक्त कार्यालयले जनाएको छ। सिगासले रु ४१ करोड ४९ लाख ८७ हजार रकम मात्रै खर्च गरेको छ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले रु ६७ करोड ६४ लाख २६ हजार बजेटमध्ये रु ५८ करोड ९३ लाख चार हजार खर्च गरेको छ। उक्त नगरपालिकाले रु आठ करोड ७१ लाख २२ हजार खर्च गर्न बाँकी देखिएको छ।

पाटन नगरपालिकाबाट रु ७४ करोड १६ लाख ४१ हजारमध्ये रु ६१ करोड ५८ लाख ५२ हजार मात्रै खर्च गरेको देखिएको छ। उक्त नगरपालिकाले रु १२ करोड ५७ लाख ८९ हजार खर्च गर्न बाँकी रहेको छ। यसैगरी पुर्चौंडी नगरपालिकाबाट रु ७१ करोड ६३ लाख ९६ हजार बजेटमध्ये ६२ करोड ८६ लाख ३४ हजार मात्रै खर्च भएको छ। उक्त नगरपालिकाले रु आठ करोड ७७ लाख ६२ हजार खर्च गर्न बाँकी देखिएको छ। डिलासैनी गाउँपालिकाले पनि रु ५२ करोड ३६ लाख १६ हजार बजेटमध्ये रु ४४ करोड ४४ लाख १६ हजार मात्रै खर्च गरेको र रु सात करोड ९२ लाख खर्च गर्न बाँकी रहेको छ।

दोगडाकेदार गाउँपालिकाले रु ५५ करोड ६९ लाख ६० हजार बजेटमध्ये रु ४७ करोड ९२ लाख ५४ हजार खर्च गरेको छ। उक्त गाउँपालिकाबाट रु सात करोड ७७ लाख छ हजार खर्च बाँकी रहेको छ।

पञ्चेश्वर गाउँपालिकाको रु ४७ करोड ३९ लाख ५८ हजार बजेटमध्ये रु ३९ करोड ३९ लाख २९ हजार खर्च भएको र रु आठ करोड २९ हजार खर्च गर्न बाँकी रहेको हो। शिवनाथ गाउँपालिकाको रु ४० करोड ४२ लाख ३२ हजारमध्ये रु ३४ करोड १८ लाख ६२ हजार खर्च भएको र रु छ करोड २३ लाख ७० हजार खर्च गर्न बाँकी देखिएको छ।

सुर्नया गाउँपालिकाको रु ४९ करोड २२ लाख ८१ हजार बजेटमध्ये रु ४४ करोड दुर्ई लाख ७७ हजार खर्च भएको र रु पाँच करोड २० लाख चार हजार खर्च गर्न बाँकी रहेको छ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण समयमै योजना सम्पन्न नहुने गरेकाले बजेट खर्च कम हुने गरेको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए। समयमै योजनाका काम सम्पन्न नहुने तथा असारमा आएर योजना सम्पन्न गर्ने र भुक्तानीको काम हुने गरेका छन्। उनले भने, “पालिकामा कर्मचारी सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण विवाद भएर काम नहुँदा पनि बजेट कम खर्च हुने गरेको छ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार

रेशमा चियाको व्यावसायिक उत्पादन शुरु

बागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा

भदौ ११ गतेदेखि १६ गतेसम्म ‘नाडा अटो शो’

काठमाडाैँ । आउँदो भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो शो २०२४’ आयोजना हुने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ

चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल

Techie IT