Techie IT
२०८० जेठ १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ आजदेखि प्रदर्शनमा

‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ आजदेखि प्रदर्शनमा


काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आउने भएका छन् । दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन् ।

शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारले अभिनय गरेका छन् ।

सामाजिक कथानक चलचित्र भनिए पनि यसमा पूर्ण मनोरञ्जनको सामग्री रहेको अभिनेता घिमिरेले जानकारी दिए । “हुक्का र त्यसको प्रतिष्ठालाई चलचित्रमा विम्बका रूपमा प्रयोग गरिएको छ । हाम्रो गाउँ समाजमा हुने घटनाक्रम र यथार्थलाई प्रस्तुत गरेका छौँ”, उनले भने ।

यस्तै, आजैदेखि प्रदर्शनमा आउन लागेको ‘टुल्की’ मा नेपालको हिमाली क्षेत्रमा चलिआएको बहुपति प्रथालाई देखाइएको छ । देव थापाको निर्देशनमा तयार भएको सो चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको छ ।

उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारले अभिनय गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला

काठमाडौँ। पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ। ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको

‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना

सरगम राईको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक

काठमाडौं । गायक सरगम राईको  सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक भएको छ ।  सरगम राईको शब्द तथा संगीत ,फडिन्द्र

अल्लु अर्जुनको ‘पुष्पा २’ को टिमको बस दुर्घटना

एजेन्सी । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । यतिबेला निर्माताहरु पनि फिल्मका लागि मिहिनेत

मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न

काठमाडौँ। मिस मगर इन्टरनेशनलको पहिलो सीजनको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको छ। सोमबार काठमाडौंको होटल सम्पदामा आयोजीत कार्यक्रममा १२ प्रतियोगीतले आफू

सगरमाथा बेस क्याम्पमा फोहोरको थुप्रो देखेर आक्रोशित कंगना

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत आफ्नो बोल्ने शैलीका लागि परिचित छिन् । यतिबेला नायिका आफ्नो बहुप्रतिक्षित फिल्म ‘इमर्जेन्सी’ लाई

Techie IT