Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनएकसाथ तीन भाषामा मिस स्कार्लेट को टिजर

एकसाथ तीन भाषामा मिस स्कार्लेट को टिजर


काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमीको निर्माण रहेको सिरिज मिस स्कार्लेटको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक भएको टिजर नेपाली, हिन्दी र अंग्रेजी भाषामा रहेको छ।

यो सिरिज चाँडै नै कान्तिपुर सिनेमाज ओटिटि प्लेटफर्मबाट स्ट्रिमिङ हुने बताइएको छ। केहि दिनमा नै कान्तिपुर सिनेमाज ओटिटि प्लेटफर्मको औपचारीक घोषणा गरिने बुझिएको छ।

मिस स्कार्लेट ४ एपिसोडमा स्ट्रिमिङ हुनेछ भने प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ। मिस स्कार्लेट बिरगन्जमा छायांकन भएको हो।

यस सिरीजका लेखक तथा निर्देशक बलिराम चौहान हुन्। सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलिप नेपालको अभिनय छ।

प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको सिरिजमा शेरबहादुर तामाङको छायांकन छ। यसै सिरिजबाट गीत, कुल र कमलले डेब्यू गरेका हुन्। नेपालको लागि तयार पारिएको यो सिरिज ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलीज गरिनेछ। अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT