Techie IT
२०८० असोज ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनदयाहाङलाई ‘घर ज्वाईं’ बसाल्दै अनिल र जनक

दयाहाङलाई ‘घर ज्वाईं’ बसाल्दै अनिल र जनक


काठमाडौँ। चर्चित जोडी दयाहाङ राई र मिरुना मगरलाई दर्शकले फेरि एकपटक पर्दामा सँगै हेर्न पाउने भएका छन्। उनीहरु अनिल बुढा मगरको निर्देशनमा बन्ने नयाँ फिल्म ‘घर ज्वाईं’ मा अनुबन्धित भएका हुन्।

‘जारी’ को अपार सफलतापछि दयाहाङ र मिरुनालाई लिएर फिल्म बनाउन चाहने निर्माताको ताँती लागेको छ। मगर सांस्कृतिको नजिक रहेर निर्माण गरिने ‘घर ज्वाईं’को निर्माता जनक घर्ती मगर हुन्। माघ दोश्रो साताबाट छायांकन सुरु हुने फिल्ममा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्कर गुरुङ, राज थापा काउचालगायतका कलाकारको समेत अभिनय रहने छ।

‘घर ज्वाईं’ मा दयाहाङ केही समयअघि नै अनुबन्धित भइसकेका थिए । मिरुनासँग भने यसै साता ‘साइन’ भएको हो। पूर्वी रुकुमका बिभिन्न स्थानमा छायांकन गरिने फिल्मका प्राबिधिक र अन्य कलाकारको चयन केही समयपछि गरिने जानकारी निर्माता जनकले दिएका छन्।

जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन्। फिल्मलाई अहिलेको चर्चित बितरण कम्पनी आर आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले देशब्यापीरुपमा बितरण गर्ने पक्का भइसकेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हास्य कलाकार राजा राजेन्द्रको ‘सालको पात’मा शिल्पाको अभिनय

काठमाडौंँ। हास्य कलाकार तथा स्टयाण्ड अफ अमेडियन राजा राजेन्द्र पोखरेलले बैदेशिक रोजगारिको पिडामा निकै मार्मिक गीत ‘सालको पात’ ल्याएका छन्।

अमेरिकाबाट निर्देशक सुमनले ल्याए ‘तिमीलाई चाँडै…’

काठमाडौँ। बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै…’को भिडियो रिलिज गरेका

प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ । नारायण रायमाझीले निर्देशन गरेको चलचित्र ‘परदेशी–२’ यही असोज २६ देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मितिसँगै

५ वर्षमा दुई पटक बिहे, दुवै श्रीमतीसँग सम्बन्धविच्छेद, यस्तो थियो…

एजेन्सी । बलिउडमा ब्याडम्यानको रुपमा चर्चित गुलशन ग्रोवरलाई आज कुनै पहिचानको आवश्यकता छैन । ९० को दशकका डरलाग्दो खलनायक गुलशन

शाहरुख खानको फिल्म ‘जवान’ ले झण्डै ९०० करोड कमायो

एजेन्सी । शाहरुख खानको फिल्म ‘जवान’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फिल्मले घरेलु बक्स अफिसमा मात्रै नभई

हिरण थापाको स्वरमा ‘लाहुरे’ सार्वजनिक

काठमाडौँ। गायक हिरण थापा र संगीता सुनारको स्वरमा रहेको ‘लाहुरे’ गीतको भिडियो सार्वजनिक भएको छ। हिरण थापाको शब्द तथा दिल

Techie IT