Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन५६ करोड ऋण तिर्न नसकेपछि सनी देओलको सम्पत्ति लिलामी गरिँदै

५६ करोड ऋण तिर्न नसकेपछि सनी देओलको सम्पत्ति लिलामी गरिँदै


एजेन्सी । बलिउड अभिनेता सनी देओललाई बैंक अफ बडोदाले सूचना जारी गरेको छ । सनीले ५६ करोड ऋण लिएका थिए ।

सनीले यो ऋण तिर्न सकेनन्, त्यसपछि उनलाई बैंकबाट नोटिस आयो । ऋण तिर्न नसकेमा उनको जुहुमा रहेको ‘सनी भिल्ला’ लिलामी हुनेछ । यो बंगलाका लागि सनीले ऋण लिएका थिए ।

यसका लागि सूचना पनि निकालिएको छ । बैंकले जारी गरेको सूचनामा सनीको जमानतमा बुबा धर्मेन्द्रको नाम उल्लेख छ । यसमा लिलामीको मिति २५ सेप्टेम्बर राखिएको छ ।

सनी देओल गदर–२ को सफलताको आनन्द लिइरहेका छन्, यसैबीच यो खबरले उनलाई विचलित पार्न सक्छ । अभिनेता हाल लण्डनमा रहेको बताइएको छ । उनको टोलीसँग सम्बन्धित एक व्यक्तिले यस सम्बन्धमा छिट्टै बयान दिने बताएका छन् ।

सनीको फिल्म गदर–२ ले राम्रो कमाई गरिरहेको छ । शनिबार फिल्मले ३१.०७ करोड कमाएको थियो । फिल्मको ९ दिनमा कुल कलेक्सन ३३६.२० करोड पुगेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT