Techie IT
२०८२ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअमेरिकामा शिब श्रेष्ठ र सुनील थापालाई सम्मान

अमेरिकामा शिब श्रेष्ठ र सुनील थापालाई सम्मान


काठमाडौँ। अमेरिकाको क्यालिफोर्नीयामा सन् २०२४ को सेक्टेम्बरमा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ। हाल अमेरिका भ्रमणमा रहेका बरिष्ट अभिनेता द्वय शिब श्रेष्ठ र सुनील थापाको सम्मानमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाले आयोजना गरेको ‘मिट,ग्रीट एण्ड विसेस् एक्सचेञ्ज म्युजीक नाइट’ कार्यक्रममा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा गरिएको हो।

लामो समयदेखि अमेरिका बस्दै आएका खेलाडी,सफल ब्याबसायी तथा समाजसेवी यज्ञलाल श्रेष्ठले आफ्नो कम्पनी गोल्डेन स्टेट मुभी मेकर्समार्फत आयोजना गर्न लागेको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ले नेपाली फिल्मको गुणस्तरिय बिकास,अन्तराष्ट्रिय बजार प्रबद्र्धन,बिस्तार तथा कलाकारको सम्मानमा नौलो आयाम थप्ने बिश्वास ब्यक्त गरेका छन्। अमेरिकामा समाजसेवा, म्युजीक फेस्टिवल आयोजनालगायत सन् २०१९ देखि ग्लोबल फिल्म अवार्डमा बिशेष भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले अब भने एकल रुपमा यो अवार्ड आयोजना गर्न लागेका हुन्। उनले ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ निकै ब्यबस्थित,निस्पक्ष,सभ्य,भब्य र सानदार हुने दावी गरेका छन्। ‘हामी पूर्ण ब्यबस्थित,भब्य,निष्पक्ष र सानदार तवरले अवार्ड आयोजना गर्ने योजनामा छौं,’ उनी भन्छन्,‘नेपाली फिल्म तथा कलाकारको अन्तराष्ट्रिय प्रबद्र्धन र बिकासमा यो अवार्डले ठूलो भूमिका खेल्ने छ।’

अवार्डको जुरी कमिटीमा समेत रहेका बरिष्ट अभिनेता शिब श्रेष्ठले यो अवार्डमा आफ्नो भरपुर, साथ, समर्थन र सहयोग रहने उल्लेख गर्दै सफलताको शुभकामना ब्यक्त गरे। अर्का बरिष्ट अभिनेता तथा जुरी मेम्बर सुनील थापाले आयोजक यज्ञलाल श्रेष्ठले गरेको बिगतका हरेक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको स्मरण गर्दै यो अवार्डले नयाँ उचाइ हासिल गर्ने बिश्वास ब्यक्त गरे। ‘गोल्डेन नेपाली फिल्म अवार्ड’को जुरी तथा संयोजन टिममा अभिनेता श्रेष्ठ तथा थापाका साथमा चर्चित अभिनेत्री, निर्मात्री, निर्देशक दीपाश्री निरौला र बरिष्ट चलचित्र पत्रकार,फिल्म लेखक,निर्माता अनि निर्देशक लक्ष्मण सुवेदी रहेको जानकारी गोल्डेन स्टेज मुभी मेकर्सले दिएको छ।

बर्कलीस्थित हिमालय फलेभर रेस्टुरेन्टमा अगस्त २० मा आयोजीत कार्यक्रममा अभिनेता द्वयसँग भेटघाट,भलाकुसारी गर्न र फोटो खिच्न बिभिन्न स्टेटबाट शुभचिन्तकहरुको भीड लागेको थियो। अमेरिकामा पनि आफूहरुले दर्शकहरुबाट त्यति धेरै साथ,सम्मान र माया पाएकोमा अभिनेता द्वय भावुक भएका थिए। आयोजक यज्ञलालले शिब श्रेष्ठ र सुनील थापाजस्ता लिजेन्डलाई सम्मान गर्न पाउदा खुशी लागेको बताए।

कार्यक्रममा वेस्ट कोस्ट रिजनल कमीटी (एनआरएनए युएसए)का अध्यक्ष बिष्णु केसी,तामाङ सोसाइटी क्यालिफोर्नीया नवनिर्वाचित अध्यक्ष सुरज पाख्रिन,एनआरएनए च्याप्टर क्यालिफोर्नीयाका सदस्य तेजेन्द्र बराल र एनआरएनए आइसिसि सदस्य बिन्दू निरौला सापकोटालाई गोल्डेन स्टेट मुभी मेकर्सका तर्फबाट सम्मान गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT