Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलिब्रेटीहरु

फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलिब्रेटीहरु


काठमाडौँ। सेलिब्रेटीहरु विभिन्न क्षेत्रसँग जोडिएर अगाडि बढिरहेका हुन्छन्। चलचित्र र अन्य मनोरञ्जनका विभिन्न पाटासँग जोडिएका सेलिब्रेटीहरुहरु पर्दामा मात्र देखिदैनन् सामाजिक कार्यसँग राष्ट्र र राष्ट्रियताका विषयमा पनि लागि नै रहेका हुन्छन्।

यहि सन्दर्भलाई प्रस्तुत गर्दै नेपालीसेलिब्रेटीहरुले हिमालमा अर्थात हाई अल्टिच्युड ग्राउण्डमा फुटबलको मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।
बाईकस नेपाल र एन्ट फाउण्डेशनले सेलिब्रेटीहरुलाई मनाङको हाई अल्टिच्युडमा लगेर मैत्रीपूर्ण खेल खेलाउन लागेको हो।

सिनेमा टुरीजम, हिमाली छायाँकन स्थलको प्रचार, वातावरण पर्यावरण, क्लाईमेट चेन्जका पक्षलाई सकरात्मक रुपमा प्रचार गर्दै हिमाली जनावरहरुको संरक्षण तथा कन्जरभेशनका लागि भन्दै मैत्रीपूर्ण फुटबल खेल आयोजना हुन लागेको हो। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एन्ट फाउण्डेशनले सो कार्यक्रमको बारेमा जानकारी दिएको हो।

स्थानिय जनताले हाल सम्म मनाङमा गरेको प्रकृति संरक्षणलाइ सम्मान गर्दै स्थानिय युवाहरुलाइ हिउँ चितुवा लगायतका वन्यजन्तुहरुको संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तु बिच सह अस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्यापर्यटन प्रबद्र्धनमा प्रोत्साहन गर्ने उदेश्यहरुका साथ यही भाद्र २५ देखि २७ गतेसम्म मनाङ जिल्लाको तिमाङ, पिसाङ र मुजीमा अवस्थित फुटबल मैदानहरुमा सेलिब्रेटी टिमले अरु खेलाडीहरुसँग मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो।

“कलाकार देशका गहना हुन्, यसो मतलब राष्ट्र र राष्ट्रियताका लागि हामी पनि आफ्नो भुमिकाबाट चुक्नु हुदैन। हामीले मैत्रीपूर्ण खेलमा सहभागी हुँदा हामीली जनावरहरुको संरक्षण हुन्छ र वातावरण पर्यावरण वारे सूचना प्रवाह हुन्छ भने नि नगर्ने? यसले राष्ट्रियतासँग प्रभाव पार्छनी। यसले त सिनेमा टुरीजम पनि बढ्छ।” अभिनेता तथा एन्ट फाउण्डेशनका अध्यक्ष प्रशान्त ताम्राकारले भने।

तीन दिनसम्म हुने खेलमा चार समूहबीच मैशीपूर्ण खेल हुनेछ। सेलेब्रटीहरु राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु रहनेछ। जुन समूहलाई हिमालयन स्नो लेपर्ड नाम दिइएको छ। यस्तै स्थानिय खेलाडीहरुको ३ वटा समूहलाई कान्जिसरा याक, पिसाङ याक र मनाङ याक नाम दिइएको छ। उक्त समूहहरुमा स्थानीय खेलाडीसँगै क्षेत्रीय र राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुनेछ।

हिमालयन स्नो लेपर्ड समूह अर्थात सेलेब्रेटीहरुमा अभिनेता प्रसान्त ताम्राकार, आंचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान, प्रशिक्षक हरि खड्का, खेलाडी अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सिता तामाङ, उपेन्द्रमान सिंह, मिस नेपाल वल्ड सूचा प्रधान, मिस्टर नेपाल समरपन कार्कि, मिस युनिभर्स नेपाल सोफिया भुजेललगायत रहनेछन्।

सांस्कृतिक कार्यक्रमको प्रदर्शन, हिमाल पारीको जिल्ला मनाङ सम्मको रमणिय यात्रा र बिभिन्न उचाईमा रहेका फुटबलका खेल मैदानहरुको भ्रमण, चलचित्र छायाँकंन गर्न उपयुक्त ठाउँहरुको अवलोकन, हिउँ चितुवा वासस्थानको भ्रमण विदेशी विज्ञ डा. जेफ मन्टी फेरिङसँग यात्रा र अन्तरक्रिया कार्यक्रमका थप आकर्षणहर हुने आयोजकले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT