Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनशारुकको आत्महत्याबारे नम्रताको स्पष्टिकरण

शारुकको आत्महत्याबारे नम्रताको स्पष्टिकरण


काठमाडौँ। अभिनेत्री नम्रता श्रेष्ठले कलाकार शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर सामाजिक संजालमार्फत स्पष्टिकरण दिएकी छिन्। उनले आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको भन्दै उनले स्पष्टिकरण दिएकी हुन्।

सोमबार सामाजिक संजालमा लामो पोस्ट गर्दै श्रेष्ठले शारुकको आत्महत्या प्रकरणबारे आफ्नो भनाइ राखेकी हुन्। शारुकको आत्महत्याअघि नम्रतासँग झगडा भएको समाचारहरू बाहिर आएका थिए। केहीले अतिरञ्जना गर्दै नम्रतालाई नै आत्महत्याको प्रमुख कारकतत्वका रूपमा औल्याउन समेत खोजे। यद्यपि, शारुकको सुसाइड नोटमा भने नम्रतालाई आरोपित गरिएको छैन।

एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका शारुक रहेको र सो घटनाले आफूलाई अचम्भित तुल्याएको बताएकी छन्। यो घटनालाई लिएरु एकतर्फीरूपमा विभिन्न मिडियामार्फत समाचोर लेख्न लगाइएको तथा केही चलचित्रकर्मी र चलचित्रका पदाधिकारी नै पूर्वाग्रही किसिमले आफूविरुद्ध लागेको नम्रताको आरोप छ।

उनले आफू महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला भन्दै आफ्नो मौनतालाई कमजोरी नठान्न अपील गरेकी छिन्।

अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको बताएकी छन्।

https://www.facebook.com/NamrataaOfficial/posts/886296056187293?ref=embed_post

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT