Techie IT
२०८२ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअभिनेत्री गौरी मल्लको ‘धिन ताका नाका धिन’ सार्वजनिक

अभिनेत्री गौरी मल्लको ‘धिन ताका नाका धिन’ सार्वजनिक


काठमाडौँ। अभिनेत्री गौरी मल्लको तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ। मङ्गलबार साँझ काठमाडौँमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो।

सार्वजनिक समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्रीद्वय वसुन्धरा भुसाल, मिथिला शर्मा लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले मानिसहरू कुर्सीका लागि लड्ने गरेको र आफूले पाएको कुर्सी किन छोड्नु भनेर कुर्सीमा बसेको भन्दै राजनीतिक दल र नेताहरूप्रति व्यङ्ग्य गरे। उनले आफूले मिथिला शर्मा र गौरी मल्ललाई नाट्यश्वेरीका दुई छोरीहरूको रूपमा लिएको बताए।

वरिष्ठ अभिनेता श्रेष्ठले उनीहरू दुवैको अभिनय, नृत्य, व्यवहारमा पोख्त रहेको उल्लेख गरे। उनले आफू जन्मिएको ६ महिनामै आमा बितेकाले आमाको माया थाहा नपाएको बताए। उनले अरूका आमाले आफ्ना छोराछोरीलाई गरेको माया देखेर आफूले आमाको माया थाहा पाएको अनुभव सुनाए। उनले आफूले अन्तरजातीय विवाह गरेकाले आफ्नो पितासँग आँखाले बोलेको अनुभव सुनाए।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले गौरी मल्ल बहुप्रतिभाशाली भएको बताए। कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ अभिनेत्री मिथिला शर्माले भित्री मनमा अझै पुरानो याद आइरहने बताए। उनले गौरी मल्ल लेखेर र भनेर नभई आफ्नो व्यवहारबाट कर्तव्य पूरा गरेको जानकारी दिए।

वरिष्ठ अभिनेत्री गौरी मल्लले आफ्नो देशभन्दा ठुलो अरू केही नहुने जिकिर गरे। आफ्नो देशमा हुँदा निर्धक्कताको बोध भइरहने बताए। उनले आफूलाई लेख्न, पढ्न र गाउन सानैदेखिको चाहना भएको बताए।

अभिनेत्री मल्लकै स्वर शब्द र सङ्गीतमा रहेको सो गीतमा मल्लसँगै अभिनेत्री मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन्। गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गरेका हुन्। म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT