Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनतेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेशियामा हुने

तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेशियामा हुने


काठमाडौँ। तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेशियामा हुने भएको छ। नेपाली गीत संगीत, चलचित्र तथा फेशनलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उदेश्य सहित यसपटक यो अवार्ड मलेशियामा आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष एवम् चलचित्र/म्युजिक भिडियो निर्देशक उमेश गुरुङले जानकारी गराएका छन्।

मलेशियामा यो अवार्डको आयोजक टोलीको सल्लाकारमा पूर्ण सुब्बा योङहाङ रहेका छन्। अवार्डको मलेशिया आयोजक टिममा एनआरएन मेलेसिया युवा सँयोजक राजु तामाङ, पत्रकार इश्वर राई रहेका छन्। मलेशियाको जोहरबारुमा यो अवार्ड आगामी २६ कात्तिकमा लक्ष्मीपुजाको दिन हुने मलेशियाका अवार्ड आयोजक समितिका सल्लाहकार पूर्ण सुब्बा योङहाङले बताएका छन्।

अवार्ड आयोजनाबारे योङहाङले भने, ‘हामी बृहत रुपमा अवार्ड सम्पन्न गर्न जुटिरहेका छौं। दुई दिन भित्रै जोहरवारुमा अवार्ड आयोजक समिति गठन गरेर सो समिति एक्सनमा उत्रने छ।’ अवार्ड समारोहमा मलेशियामा रहेर गीत संगीत, सामाजिक कार्य तथा विभिन्न क्षेत्रमा योगदान दिएका नेपालीहरुलाई पनि विशेष योगदान सम्मान गरिने समेत सल्लाहकार पूर्ण सुब्बा योङहाङले जानकारी गराए।

मलेशियामा रहेका नेपालीहरुबीच तिहारको शुभकामना आदन प्रदान सहित यो अवार्ड गरिने पनि उनले बताए।

यस्तै अर्का आयोजक राजु तामाङले मलेशियामा यस अघि लुकीचोरी अवार्ड हुने गरे पनि यसपटक आफुहरुले बैधानिक रुपमा यो अवार्ड आयोजना गरिने बताए। अर्का आयोजक इश्वर राईले अवार्डमा मलेशियामा रहेका प्रतिष्ठित नेपालीहरु अतिथिको रुपमा रहने र एनआरएन मलेशियाका पदाधिकारीको पनि अवार्ड आयोजना गर्नमा ठुलो साथ र सहयोग रहने बताएका छन्।

यता काठमाडौँमा बिहिबार एस पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक पक्षले अवार्डबारे जानकारी दिएको छ। अवार्डका लागि बिहिबारबाटै फारम खुला गरिएको पनि आयोजक उमेश गुरुङले पत्रकार भेटघाटका क्रममा जानकारी गराए। उनका अनुसार आगामी ११ असोजसम्म यो अवार्डमा सहभागी हुन चाहनेले फारम भरिसक्नु पर्ने छ। आगामी असोज १५ मा अवार्डको मनोनयन सार्वजनिक गरेर मनोनयनमा परेकाहरुका लागि मलेशिया जाने प्रकृया सुरुगर्ने पनि उनले जानकारी गराए।

अवार्डको लागि यसपटक पनि गीत संगीत, चलचित्र, फेसन, मोडलिङका विभिन्न विधामा फारम भरेर सहभागी हुन पाईने पनि गुरुङले जानकारी गराए। जसमा २०७९ साउनबाट २०८० भदौ अन्तिमसम्म सार्वजनिक भएका गीत संगीत, चलचित्र, म्युजिक भिडियो, फेशन, मोडलिङ विधाका श्रष्टाहरुले अवार्डमा सहभागी हुन पाउने पनि गुरुङले जानकारी गराएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT