Techie IT
२०८१ माघ २९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनदयाहाङ, मिरुना, अर्पण र प्रविण स्टारर ‘रङ्गेली’को इटहरीबाट छायाङ्कन सुरु

दयाहाङ, मिरुना, अर्पण र प्रविण स्टारर ‘रङ्गेली’को इटहरीबाट छायाङ्कन सुरु


काठमाडौँ। यस वर्षको महाशिवरात्रीमा प्रदर्शन हुने लक्ष्यसहित नेपाली चलचित्र ‘रङ्गेली’को छायाङ्कन मङ्गलवारदेखि प्रारम्भ भएको छ। सुनसरीको इटहरीमा चलचित्रको पहिलो शट लिइएको छ।

पहिलो शट कलाकार शेखर चापागाईले दिएका छन्। रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा चलचित्रको छायाङ्कन हुने निर्देशक अर्जुन सुवेदीले बताए।

सोमवार मोरङको रङ्गेलीमा रहेको काली मन्दिरमा स्कृप्ट तथा क्यामरा पूजा गर्दै शुभ मुहूर्त भएको थियो। मुहूर्तको समयमा प्रमुख कलाकारहरूको भने उपस्थिति थिएन।

छायाङ्कनको समयमा उपस्थित नभएतापनि चलचित्र छायाङ्कनको तालिका अनुसार क्रमशः कलाकारहरूले पुग्ने गरी मिलाइएको निर्माता जीतेन्द्र खतिवडाले बताए। सबै प्रमुख कलाकारहरू अत्यन्त व्यस्त रहने भएको बताउँदै उनले भने, “दयाहाङ टोरन्टो फिल्म फेस्टिभलमा सहभागी भईरहनुभएको छ। मिरुनाजी पनि अर्को चलचित्रको प्रचारमा समय दिईरहनु भएको छ। हामी सबैलाई अनुकूल हुने गरी तालिका बनाएका छौँ। त्यसरी नै सबैले आफ्नो समय व्यवस्थापन गर्नुहुन्छ।”

अभिनेता प्रवीण खतिवडाको छायाङ्कन सुरु भएको छ। प्रमुख कलाकारमध्ये अर्पण थापा, मिरुना मगर र रमेश बुढाथोकी बुधवार छायाङ्कन स्थल पुग्नेछन् भने अर्को हप्ता दयाहाङ राई पुग्नेछन्।

यस चलचित्रको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन हुनेछ। नेपाली चलचित्रले पहिलोपटक यसप्रकारले गीत छायाङ्कन गर्न लागेको हो। सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ। चलचित्रका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ।

मिति २०८० सालको फागुन २५ गते रिलिज हुने यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहनेछ। चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन्।

कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्। यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह(निर्माता हुन्। बिबेक खड्का (योलो) एशोसियट निर्माता हुन्। यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

Techie IT