Techie IT
२०८० मंसीर २१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रवासीको कथामा ‘परदेशी २’

प्रवासीको कथामा ‘परदेशी २’


काठमाडौँ । नारायण रायमाझीले निर्देशन गरेको चलचित्र ‘परदेशी–२’ यही असोज २६ देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मितिसँगै चलचित्रमा समावेश ‘हिजो काम’ बोलको गीतसमेत सार्वजनिक गरेको छ । गीतमा परदेशमा बसिरहेका नेपालीको पीडालाई देखाइएको छ ।

चलचित्रमा परदेशीको जीवन देखाइएको निर्देशक रायमाझीले जानकारी दिए । उनले भने, “हाम्रो समाजकै कथालाई पर्दामा ल्याएको छु । मेरा अघिल्ला चलचित्रझैँ यो पनि सामाजिक विषयवस्तुमै केन्द्रित छ ।” उनले चलचित्रका कलाकार मोफसल यात्रामार्फत दर्शकसँग भेटघाट गरिरहेको जानकारी दिए ।

चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बाँस्तोलालगायत कलाकारले अभिनय गरेका छन् । यसै चलचित्रबाट गायक प्रकाश सपूतले अभिनयको सुरुआत गरेका छन् ।

चलचित्रमा रमेश बिजीले कथा लेखन, मानकृष्ण महर्जनले छायाङ्कन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, दीर्घ खड्काले सम्पादन, रामजी लामिछाने र गोविन्द राईले नृत्य निर्देशन गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत

काठमाडौँ। हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन्। खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका

सज्जा चौलागाई र न्ह्यू बज्राचार्यले ल्याए किनाराको ढुंगा

काठमाडौँ। नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतकार कमला

शाहरुखको ‘डंकी’को ट्रेलर सार्वजनिक

काठमाडौँ। बलिउड स्टार शाहरुख खानको चलचित्र ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा विदेशिन संघर्षरत पञ्जाबका गाउँले युवाको कथा समेटिएको छ।

रहेनन् सिआइडीका ‘फ्रेडी’ दिनेश फडनीस, कलेजो रोगबाट थिए पीडित

एजेन्सी । टिभी अभिनेता दिनेश फडनीसका फ्यानहरुका लागि दुखको खबर आएको छ । अभिनेताले यो संसारलाई सदाको लागि छाडे ।

अस्मिताले दिइन् अमेरिका १२ सहरमामा कन्सर्ट, ४५ दिनको कन्सर्ट यात्रा…

टेक्सस, अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन्। ‘यूएसए फर्स्ट म्युजिकल यात्राः भोल्युम

‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

काठमाडौँ। कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन्। कलाकार घिमिरे र

Techie IT