Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो

अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो


काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार राति छाडिएको छ ।

अभिनेता केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथ प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था नरहेको र भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मा छोड्न सक्ने कानूनी व्यवस्था भएअनुसार जिम्मा जमानीमा छाडिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी यही असोज १२ गते भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ प्रहरीले पक्राउ गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT