Techie IT
२०८२ भदौ १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘चलचित्रमार्फत आम मानिसको कथा देखाउने गरेको छु’

‘चलचित्रमार्फत आम मानिसको कथा देखाउने गरेको छु’


काठमाडौँ । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैलीलगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लूट’ मार्फत निर्देशनमा उदाएका थिए– निश्चल बस्नेत ।

निर्देशकसँगै अभिनेता, गायकलगायतका विविध विधामा आफ्नो कौशलता देखाएका बस्नेतले नयाँ चलचित्र ‘दिमाग खराब’ तयार गरेका छन् । कुनै समय पर्दा पछाडी रहेर काम गर्ने निर्देशक भए पनि पर्दा अगाडिका अभिनेताभन्दा बढी लोकप्रियता हासिल गरेका बस्नेतले निकै कम चलचित्र निर्देशन गरेका छन् ।

आफूमा दर्शकले गर्ने विश्वासले पनि विषयवस्तु चयनमा समय लाग्ने गरेको उनले बताए । “म आम मानिसकै कथा भन्न रुचाउँछु । त्यसैले गर्दा केही ढिलाइ भयो होला, तर त्यो तयारीको समय थियो”, निर्देशक बस्नेतले भने, “मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । यसपटक पनि त्यहीँ प्रयास छ ।”

उहाँले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको बताए । “देशको परिस्थितिले एउटा सरल जीवन चाहने आम मानिसको दिमाग खराब गरिरहेको सन्दर्भ चलचित्रमा छ । यद्यपि हो राजनीतिक नभई सामाजिक विषयमा तयार गरिएको चलचित्र हो”, निर्देशक बस्नेतले भने ।

चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक बस्नेतको श्रीमतीसमेत रहेकी अभिनेत्री खड्काले चलचित्रमा काम गरेसँगै एउटा प्रश्नको अन्त्य भएको बताइन् ।

उनले भनिन्, “मलाई जहिले निर्देशक बस्नेत (श्रीमान्को) चलचित्रमा कहिले काम गर्ने ? उहाँले लिनु हुँदैन ? भनेर सोधिने प्रश्नको अन्त्य भएको छ । यसपटक आफ्नै श्रीमान् निर्देशक हुँदा केही भिन्न महसुस गरेता पनि मैले निर्देशकले भनेअनुरुप नै काम गरेकी छु, यो एउटा कलाकारको दायित्व पनि हो ।” अभिनेत्री खड्काले चलचित्रले उठान गरेको विषयले मनोरञ्जनका साथै सन्देश पनि दिने बताइन् ।

अभिनेता लामिछानेले आम मानिस भएर पर्दामा देखिन रूचि रहेको बताए । “मैले चाहेको जस्तो पात्र पाएको छु । मैले पनि अभिनेत्री खड्काजस्तै लेखक र निर्देशकलाई साइड लगाएर पूर्णरूपमा अभिनेता भएर निर्देशककै अनुसार आफ्नो पात्रलाई तयार गरेको हुँ । यो एउटा साधारण व्यक्तिको जीवनशैलीसँग जोडिएको चलचित्र हो ।”

कात्तिक २४ मा प्रदर्शन तय गरिएको चलचित्रमा आकाश बरालले लेखन, सुशन प्रजापतिले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, जयन के वाइबा र बाबुल गिरीले सङ्गीत, राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन तथा रोहित शाक्यले पाश्र्व सङ्गीत सिर्जना गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT