Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘वानर सेना’ प्रदर्शनमा

चलचित्र ‘वानर सेना’ प्रदर्शनमा


काठमाडौँ । नेपाली चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शन गरिएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने सिलसिलामै प्रदर्शन भएको चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण देखाइएको निर्देशक अर्पण गिरीले जानकारी दिए । उनले पहिलो निर्देशकीय चलचित्रमा पौराणिक सन्दर्भलाई समेत जोडिएको बताए ।

उनले भने, “हाम्रो विषयवस्तुअनुसार नै हामीले यो समयमा चलचित्र प्रदर्शन गरेका छौँ । मेरो पहिलो निर्देशकीय चलचित्र भएकाले पनि सक्दो मेहनत गरेको छु । चलचित्र भवनसम्म पुग्ने दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने हाम्रो उद्देश्य हो ।”

चलचित्रमा उनीसँगै आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साह, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक गिरीले नै लेख्न भएको चलचित्रमा विनोद सापकोटाले छायांकन, जोन तामाङले सङ्गीत, प्रवीन ढकालले रङ्ग संयोजन, नारायण रिजालले नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीले द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र बन्दे प्रसादले सम्पादन गरेका छन् । युवराज गिरीले निर्माण गरेको चलचित्रको वितरण काठमाडौँमा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) र एफडी कम्पनीले गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘हात्तीछाप’को टिजर सार्वजनिक

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ। दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको

गायक सुरज श्रेष्ठको गीत बेनी बजारमा सार्वजनिक

काठमाडौँ। गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत बेनी बजारमा सार्वजनिक गरेका छन्। दीपक शर्माले रचना गरेको यस गीतमा आफूलाई मन

फिल्म मायाबीको छायांकन सकियो

काठमाडौँ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ। मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको

अन्जिलाको ईन्ड क्ल्याप, सह–निर्माताद्वारा एन्जिलालाई स्कूटर उपहार

काठमाडौँ। नेपाली चलचित्र अन्जिलाको छायाङ्कन सकिएको छ। छायाङ्कन प्रारम्भ भएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो

रणवीर अभिनित ‘एनिमल’ले पहिलो दिन कति कमायो ?

एजेन्सी । सन्दीप रेड्डी वाङ्गाद्वारा निर्देशित फिल्म ‘एनिमल’ डिसेम्बर १ बाट विश्वव्यापी रुपमा रिलिज भएको छ । रणवीर कपुर स्टारर

रनविर कपुरको फिल्म ‘एनिमल’को बक्स अफिसमा धमाकेदार ओपनिङ

एजेन्सी । रणबीर कपुरले आफ्नो दमदार अभिनयले बिस्तारै मानिसको मनमा राज गरिरहेका छन् । हालै रिलिज भएको उनको बहुप्रतिक्षित फिल्म

Techie IT