Techie IT
२०८० असोज १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने

सगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने


काठमाडौँ। पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ। ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।

अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ। ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ।

सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ। ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा २०७९ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए। जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए।

सहारा गु्रप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन्।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ। गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ।
त्यसै एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने छ।

अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक

काठमाडौँ। संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा

अनमोल केसीलाई अदालतमा उपस्थित गराइँदै

काठमाडौँ। पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदैछ। फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका उनलाई

‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री

काठमाडौँ। हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ। चलचित्रका निर्माता जीतेन्द्र

अभिनेता अनमोल केसी अस्पताल भर्ना

काठमाडौँ । छातीमा समस्यादेखिएपछि अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्। आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता केसी गएराति

ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिक

अनमोल केसी पक्राउ

काठमाडौँ। अभिनेता अनमोल केसी पक्राउ परेका छन्। ठगी गरेको आरोपमा केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरिएको स्रोतको भनाई छ। केसी

Techie IT