Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनपशुपतिप्रसाद– २ ‘भष्मे डन’को ट्रेलर रिलिज

पशुपतिप्रसाद– २ ‘भष्मे डन’को ट्रेलर रिलिज


काठमाडौँ। चलचित्र पशुपतिप्रसाद– २ ‘भष्मे डन’को ट्रेलर रिलिज भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर रिलिज भएको हो।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता, निर्माता एवं लेखक खगेन्द्र लामिछानेले पशुपतिप्रसादलाई कसरी लजिकल सिक्वेल बनाउने भन्ने चुनौति रहेको र ४ वटा जति ड्राफ्टमा काम गरेको बताए।

उनले पशुपतिप्रसाद १३ दिनमा सुटिङ सकिएपनि भष्मे डन ५६ दिन लागेको बताए। सिनेमा एकदमै राम्रो लागेको बताएका छन्।

त्यस्तै, निर्देशक दिपन्द्र के. खनालले भष्मे डन पनि पशुपतिप्रसाद जस्तै मन पराउनेमा विश्वस्त रहेको बताए। कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले भष्मे डन आफ्नो लागि पात्रको रुपमा मात्रै आफूले नहेरेको र आफ्नो पहिचान र परिचय रहेको बताएका हुन्।

त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको ट्रेलर नयाँ र राम्रो लागेको बताइन्। उनले काम गर्दा नयाँ अनुभव सिकेको पनि‍ बताइन्।

चलचित्र कात्तिक ४ गते फूलपातीको दिन रिलिज हुनेछ । सार्वजनिक ट्रेलरमा प्रेम, जिम्मेवारी र बदलाको कथा देख्न सकिन्छ। ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन्। दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को कथा भन्छ। चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ। खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भुमिकामा देखिनेछन्। टुकी आर्टसको ब्यानरमा निर्माण भएको सिनेमाका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘हात्तीछाप’को टिजर सार्वजनिक

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ। दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको

गायक सुरज श्रेष्ठको गीत बेनी बजारमा सार्वजनिक

काठमाडौँ। गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत बेनी बजारमा सार्वजनिक गरेका छन्। दीपक शर्माले रचना गरेको यस गीतमा आफूलाई मन

फिल्म मायाबीको छायांकन सकियो

काठमाडौँ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ। मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको

अन्जिलाको ईन्ड क्ल्याप, सह–निर्माताद्वारा एन्जिलालाई स्कूटर उपहार

काठमाडौँ। नेपाली चलचित्र अन्जिलाको छायाङ्कन सकिएको छ। छायाङ्कन प्रारम्भ भएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो

रणवीर अभिनित ‘एनिमल’ले पहिलो दिन कति कमायो ?

एजेन्सी । सन्दीप रेड्डी वाङ्गाद्वारा निर्देशित फिल्म ‘एनिमल’ डिसेम्बर १ बाट विश्वव्यापी रुपमा रिलिज भएको छ । रणवीर कपुर स्टारर

रनविर कपुरको फिल्म ‘एनिमल’को बक्स अफिसमा धमाकेदार ओपनिङ

एजेन्सी । रणबीर कपुरले आफ्नो दमदार अभिनयले बिस्तारै मानिसको मनमा राज गरिरहेका छन् । हालै रिलिज भएको उनको बहुप्रतिक्षित फिल्म

Techie IT