Techie IT
२०८१ जेठ ५, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनछायांकन नै नभएको चलचित्र ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार दुई करोडमा बिक्री

छायांकन नै नभएको चलचित्र ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार दुई करोडमा बिक्री


काठमाडौँ। चलचित्र ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। भारतबाहेकका देशको प्रदर्शन अधिकार निर्माण पक्षले बिक्री गरेको हो।

भारतबाहेकका देशको प्रदर्शन अधिकार दुई करोड रुपैयाँमा बिक्री भएको हो। भारतको प्रदर्शन अधिकार भने बिक्री हुन बाँकी रहेको निर्माता दीपेश खत्री ‘म्याक्स’ले जानकारी दिए।

निर्माण पक्षले ७५ लाखमा डिजिटल राइट्स बिक्री गरेको छ। निर्माण अगाडि नै यो चलचित्रले लगानी सुरक्षित गर्ने देखिएको छ।

‘महाजात्रा’मा आपतकालीन रुपमा आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने निर्माणपक्षले जनाएको छ।

चलचित्रमा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहनेछ । विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, हरिवंश आचार्यलगायतको अभिनय रहनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने

काठमाडौँ : नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको रोचक लाइनअप

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै

परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान…

काठमाडौं। अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने

‘चपली हाइट–३’ २०० रुपैयाँमा हेर्न सकिने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ अब दुई सय रुपैयाँमा हेर्न सकिने भएको छ । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

काठमाडौँ । चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा…

काठमाडौं। यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको

Techie IT