Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअञ्जु पन्तको खप्तडमा सुटिङ गरिएको हिन्दी गति रिलिज

अञ्जु पन्तको खप्तडमा सुटिङ गरिएको हिन्दी गति रिलिज


काठमाडौँ। चर्चित गायिका अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मे बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बरिष्ठ गायक तथा संगितकार नागेन्द्र श्रेष्ठको संगीत रहेको सार्वजनिक गीतका शब्द आयुष्मानका हुन्।

जसमा राहुल प्रधानको एरेन्ज रहेको छ। पर्यटर्कीय स्थल खप्तडमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमको रमाइलो किस्सालाइ देखाइएको छ।

भिडियोमा मोडलद्धय मिसेल घिमिरे र आरके परियारको बेजोड अभिनय देख्न सकिन्छ। छानेर मात्रै निकै कम भिडियोको निर्देशन गर्ने निर्देशक गौरव गिरीले हिन्दी गीत जिन्दगीकी राहो मेमा निकै मेहेनत गरेको देखिन्छ। भिडियो रिलिज गरेको केही घण्टामा नै राम्रो प्रतिक्रिया आइरहेको निर्देशक गिरीले बताए।

भिडियोको छायाकंन बसन्त कुँवर र सन्तोष कुँवरले गरेका हुन् । श्याम कुँवरले कलरिङ गरेको भिडियोको सम्पादन भद्र जंग कुँवरले गरेका हुन्। भिडियो संगीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

Techie IT