Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र विकास बोर्डद्वारा अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’को लागि लेख रचना माग

चलचित्र विकास बोर्डद्वारा अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’को लागि लेख रचना माग


काठमाडौँ। चलचित्र विकास बोर्डले बार्षिक रुपमा प्रकाशन हुने प्राज्ञिक अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’को आगामी अंकको लागि खोज तथा अनुसन्धानमूलक लेख, रचना माग गरेको छ। आफ्नो बेवसाइटमार्फत जेठ १ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोर्डमा उपलब्ध गराउनु हुन अनुरोध गरिएको छ।

लेख पठाउँदा चलचित्रक्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्षरुपमा सहयोग पुग्ने किसिमको चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि, खोज तथा अनुसन्धानमूलक पठाउनुपर्ने प्रकाशन समितिका संयोजक एवं बोर्ड सदस्य रविचन्द्र अधिकारीले बताए। लेख रचना चलचित्रक्षेत्रसँग सम्बन्धित नीति, कानुनी व्यवस्था,चलचित्र निर्माण प्रदर्शन तथा वितरण, बक्स अफिस व्यवस्था, चलचित्र विकास बोर्डको भूमिका, स्वदेशी तथा विदेशी चलचित्र बजारको विद्यमान अवस्था, नेपाली चलचित्रक्षेत्रमा गर्नुपर्नै विविध पक्षको सुधार, चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्ने अधिकारीले बताए।

प्राज्ञिक अनुसन्धानमूलक लेख रचनालाई प्राथमिकता दिईने र प्रत्येक लेख कम्तीमा पाँचहजार शब्दको हुनुपर्नेछ। कुनै पत्र पत्रिका अनलाईन लगायतका कुनै माध्याममा प्रकाशित भएको लेख रचनालाई मञ्चमा प्रकाशन नहुने तथा लेख रचनाहरु छनौट सम्बन्धि सर्वाधिकार बोर्डमा निहित हुनेछ। प्रकाशनको लागि छनौट भएका लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भए बमोजिमको पारिश्रमिक उपलब्ध गराईनेछ। छनौटमा नपरेका लेखहरु सम्बन्धित लेखकलाई नै फिर्ता हुनेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘आदिपुरुष’ हलमा लाग्दा एक सिट हनुमानका लागि खाली राखिने

एजेन्सी । ‘बाहुबली’ फेम प्रभास स्टारर फिल्म ‘आदिपुरुष’का निर्माताले रिलिजअघि ठूलो घोषणा गरेका छन् । ‘आदिपुरुष’ को स्क्रिनिङका क्रममा रामकथा

फिल्म ‘चारदाम’ को शुभ मुहुर्त

इटहरी। तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण

यी हुन् ५ वर्षयताका चर्चित १० वेब सिरिज

एजेन्सी । इन्टरनेट मुभी डाटावेस (आईएमडीबी)ले २०१८ देखि २०२३ सम्मका ५० वेब सिरिजहरूको सूची जारी गरेको छ । यो पाँच

ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन हुने

काठमाडौँ ,‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ। सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार

पहिलोपटक क्यानाडामा गुञ्जिदै प्रकाश सपुत

काठमाडौँ। लोकप्रिय गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने भएका छन्। आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा

चलचित्र ‘फनफनी’ निर्माण हुने

काठमाडौँ । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बनेका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ ।

Techie IT