Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘जम्प’ मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने

चलचित्र ‘जम्प’ मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने


काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’ को प्रदर्शन मिती फाइनल गरिएको छ। यति बेला पोस्ट प्रोडक्सनको अन्तीम चरणमा रहेको चलचित्र मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने छ।

नयाँ र जोश बोकेको टिम मिलेर निर्मण गरेको चलचित्र साइकोलोजिक थ्रिलर जनरामा बनेको छ। राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ। आफ्नो विगत्का दबाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन्। यससँगै आएका ट्विस्टहरू र भ्रष्टचारको जालो वरपर यो चलचित्र रुमल्लिन्छ।

क्रियटिभ माकुरा मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रले नेपाली चलचित्र उद्योगको लागि नयाँ मानक स्थापित गर्नेमा निर्माण टिम ढुक्क छ। इशा खड्का कार्यकारी निर्माता रहेको चलचित्र ‘जम्प’ले नेपाली चलचित्रमा नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा कथन र नवीनताको पुनर्जागरण गर्ने टिमको दृढ विश्वास छ। चलचित्रमा सरोज श्रेष्ठ,सन्देश शाक्य,बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कडेलको मुख्य भूमिका रहेको छ।

बिदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाई सकेको चलचित्रले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने लेखक तथा निर्देशक आशुतोष ध्वज कार्कीले बताए।

क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन्। यो टिमले दर्शकलाई पूर्ण मनोरंजन दिने बिस्वाशका साथ चलचित्र ‘जम्प’ को प्रचार प्रसार पनि थालनी गरेका छन्। चलचित्रलाइ गोबिन्द शाहीले वितरणको जिम्मा लिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT