Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनगोलरक्षक एन्जिला सुब्बाको जीवनबाट प्रभावित फिल्म ‘अञ्जिला’ छायाङ्कनमा

गोलरक्षक एन्जिला सुब्बाको जीवनबाट प्रभावित फिल्म ‘अञ्जिला’ छायाङ्कनमा


काठमाडौँ । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अञ्जिला’को निर्माण गरिएको छ । गत सातादेखि खेलाडी सुब्बाकै जन्मथलो इलामको आइतबारे आसपासमा यसको छायाङ्कन भइरहेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।

“प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ, मैले दोस्रो बायोपिक निर्देशन गरेको हुँ”, निर्देशक चाम्सले भने, “अञ्जिलाले गरेको सङ्घर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु, यो उनको जीवनीमा आधारित रहेता पनि प्रस्तुतीकरण फिल्मी शैलीमै छ ।”

नेपालमा जीवनीबाट प्रभावित (बायोपिक)चलचित्र बन्ने क्रमले केही समययता निरन्तरता पाएको छ । भारतसँगै हलिउडमा त्यस्ता चलचित्र धेरै नै बन्ने गरेको पाइएता पनि नेपालमा भने त्यो सङ्ख्या न्यून छ ।

व्यापारिकरूपमा त्यस्ता चलचित्र असफल हुँदा निर्माताले आँट गर्न सकेका छैनन् । दुवै आँखाको ज्योति गुमाएर पनि धेरैको जीवन जिउने प्रेरणा बन्न सफल सृष्टि केसीको जीवनीमा ‘ब्लाइड रक्स’ चलचित्र निर्देशन गरेका निर्देशक चाम्सले पुनः अर्को चलचित्र तयार गरिरहेका छन् ।

उनले यसअगाडि गोर्खालीको वीरताको कथामा ‘गोर्खा वारियर’ निर्देशन गरेका थिए । इलाम, झापा र काठमाडौँमा छायाङ्कन हुने चलचित्रमा खेलाडी सुब्बा स्वयंले आफ्नो भूमिका निर्वाह गरिरहेकी छन् । यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतले पनि अभिनय गरिरहेका छन् ।

चलचित्रमा यम थापाको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको छायाङ्कन निर्देशन रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT