Techie IT
२०८० मंसीर १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक

फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक


काठमाडौँ। फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ। नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ। गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ।

सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको फिल्म ‘चित्रा’को छायांकन सकिएसँगै प्रचारप्रसार स्वरुप यो गीतको अडियोलाई विशेषगरि, सामाजिक सञ्जाल टिकटक र तिहारमा देउसी भैलो कार्यक्रममा नाँच्नका लागि लक्षित गरी तयार पारेर सार्वजनिक गरिएको छ।

प्रवीण सिंहको कोरियोग्राफी रहेकोे भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ। यो गीतमा फिल्मका मुख्य कलाकारहरु सन्तोष अधिकारी र शुभेच्छा खड्कालाई फिचरिङ गरिएको छ। यी दुबैलाई कोरियोग्राफर प्रवीण सिंहले रमाइलो स्टेपहरुमा नचाएका छन्।

घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको छ। फिल्मलाई माघे सङ्क्रान्तिको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलीयामा रिलिज गरिने छ।

यो फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ। साथै तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, महेश पौडेलको छायांकन छ।

फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन्।

यो फिल्मको नेपाल वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले लिएको छ। यस्तै अष्ट्रेलीया अधिकार अविनाश रोका मगरले लिएका छन्।
निर्माता अधिकारीको ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ। ‘घर’ र ‘आमा’ फिल्मका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको अर्को फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

काठमाडौँ। एक्सन स्टार बिराज भट्टले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। उनले ‘१२ गाउँ’ नामक चलचित्र बनाउने घोषणा गरेका हुन्।

बलिउड अभिनेता रणदीप हुड्डाले लिन लैशरामसँग विवाह गरे

एजेन्सी । बलिउड अभिनेता रणदीप हुड्डाले आफ्नी लामो समयदेखिकी प्रेमिका लिन लैशरामसँग विवाह गरेका छन् । उनीहरुको विवाहको भिडियो सार्वजनिक

‘दुखी आत्मा’ बनाउँदै दिपेन्द्र लामा

काठमाडौँ। लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ फिल्मको नाम ‘दुखी आत्मा’ राखिएको छ। ‘नाङ्गो गाउँ’ कै ब्यानर

चलचित्र रङ्गेलीमा भगवान् दादा बने अर्पण

काठमाडौँ। नेपाली चलचित्र रङ्गेलीको नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई भगवान् दादाको रूपमा परिचय

‘चित्रा’को पोष्टरले के भन्छ?

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन्। निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि

साङ्गीतिक प्रस्तुतिको लागि चर्चित भारतीय गायक विनित सिंह नेपाल आउँदै

काठमाडौ । भारतीय लोकप्रिय गायक विनित सिंह नेपाल आउने भएका छन्। उनी आफ्नो ब्यान्ड सहित साङ्गीतिक प्रस्तुतिका लागि नेपाल आउन

Techie IT